जप गर्दाको समयमा यस कुरामा दिनुहोस् ध्यान, हुनुहुनेछ भगवान छिट्टै प्रसन्न !

भनिन्छ भगवानको नाममा जपेको मन्त्रमा धरै शक्ति हुन्छ । जप गर्दाको समयमा सम्पूर्ण भक्ति पुर्वक मान लगाएर जप गर्दा छिटो फल मिल्ने मान्यता रहेको छ । जप गर्दाको समयमा सबै भन्दा पहिले माला छ्न्नुहोस् ।

प्रभावकारी र शक्तिशाली माध्यम हो। धार्मिक शास्त्र र ज्योतिष शास्त्र अनुसार मन्त्रमा धेरै शक्ति हुन्छ । यदि जप सही तरिकाले र पूर्ण भक्तिका साथ गरियो भने, भगवानको कृपा पाउन समय लाग्दैन प्रत्येक देवताको नाममा जप गर्ने केही नियमहरू छन्, जस्तै कुन भगवानको  जपका लागि कुन मालाको प्रयोग गर्ने, जप गर्न कुन समय उपयुक्त हुन्छ आदिको बारेमा आज हामी यस पोस्ट मार्फत जानकारी गराउने छौँ ।

भगवान शिव: भगवान् शिवको नाममा जप गर्दा रुद्राक्षको माला प्रयोग गर्नुहोस्। यसबाट भगवान शिव छिट्टै प्रसन्न भएर सबै मनोकामना पूरा गर्नुहुनेछ।

देवी लक्ष्मी: सुख र समृद्धिले भरिएको जीवनका लागि माता लक्ष्मीको कृपाको आवश्यक पर्दछ । त्यसैले सधैँ माता लक्ष्मीको नाममा जप गर्दा कमल गट्टेको माला प्रयोग गर्दा शुभ मानिन्छ ।

भगवान विष्णु: भगवान विष्णुलाई प्रसन्न पार्न तुलसी र चन्दनको मालाले जप गर्नु शुभ मानिन्छ ।

देवी सरस्वती: विद्याकी देवी सरस्वतीको मन्त्रलाई स्फ-टिकको मालाले जप गर्नु शुभ मानिन्छ । यसबाट धन पनि मिल्छ र मन पनि शान्त रहन्छ । स्फ-टिकको माला लगाउनाले व्यक्तिमा नकारात्मक प्रभावहरु कम भएर जान्छ।

भगवान गणेश: भागवान् गणेशको जप गर्दा भगवान श्री गणेश र देव गुरु बृहस्पतिको मन्त्रलाई बेसारको मालाले जप गर्नुपर्छ। यसो गर्नाले शुभ समय आउन समय लाग्दैन ।

प्रकाशित : बुधबार, मङि्सर ०१, २०७८१७:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज शताब्दीकै सबैभन्दा ठुलो चन्द्र ग्रहण लाग्दै, यी ३ राशि रहनुहोस् सावधान !