यस पटक वृष राशिमा चन्द्र ग्रहण लाग्दैछ । यस्तो अवस्थामा वृष राशि भएका मानिसलाई धेरै होसियार हुन जरुरी छ ।
भोलि मंसिर ३ गते यस वर्षकै सबै लामो चन्द्र ग्रहण लाग्दै छ । यस्तो अवस्थामा केही राशिलाई शुभ हुने भएको छ भने केही राशिलाई अशुभ हुने भएको छ । यस्तो अवस्थामा भोलि शुक्रबार लाग्ने चन्द्र ग्रहणमा यी ३ राशि छन् जसलाई यस चन्द्रग्रहण अवधिमा निकै सावधान हुन पर्ने भएको छ।
वास्तवमा यो चन्द्र ग्रहण कार्तिक महिनाको शुक्ल पक्षको पूर्णिमामा लाग्दै छ, जसलाई कार्तिक पूर्णिमा पनि भनिन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि यो दिन तिथि अनुसार कार्तिक महिना समाप्त हुँदै छ।
यो आंशिक चन्द्र ग्रहण हो, त्यसैले ग्रहणको समयमा कुनै सुतक हुनेछैन। ज्योतिषीहरुका अनुसार नेपालमा यो चन्द्रग्रहणको कुनै असर नपर्ने भएको छ । यो आंशिक अर्थात् छायाँ ग्रहण भएका कारण सुतक अवधि हुँदैन । पूर्ण ग्रहण हुँदा मात्र यो लागू हुन्छ। यदि पूर्ण चन्द्रग्रहण छ भने, सुतक ग्रहण अवधि सुरु हुनुभन्दा नौ घण्टा अघि सुरु हुन्छ। यस चन्द्र ग्रहणमा नेपाल भारत बाहेक अन्य देशमा बस्नुहुने नेपालीको लागी सावधान हुनु पर्ने हुनुपर्ने हुन्छ । यस ग्रहणको अवधीमा यी ३ राशिलाई निकै सावधान हुनुपर्ने हुन्छ ।
मेष राशि
चन्द्रग्र हणको प्रभाव तपाईको राशिमा पनि देखिनेछ। धन र स्वास्थ्यमा सजग रहनुहोला । महत्त्वपूर्ण कार्यहरूमा हतारमा नगर्नुहोस् र यस समयमा कुनै महत्त्वपूर्ण निर्णयहरू नगर्नुहोस्।
वृष राशि
यस पटक चन्द्र ग्रहण वृष राशिमा लाग्ने भएकाले धेरै सावधानी अपनाउन जरुरी छ । विवादबाट टाढा रहनुहोस्, तनावबाट बच्नुहोला। सवारी चलाउँदा विशेष ध्यान दिनुहोला । क्रोध, अहंकार र भ्रमबाट टाढा रहने प्रयास गर्नुहोस्।
सिंह राशि
कृतिका नक्षत्रमा चन्द्रग्र हण लाग्दै छ । सूर्य कृतिका नक्षत्रको स्वामी हो साथै सूर्य सिंह राशिको पनि स्वामी पनि हो। त्यसैले स्वभावमा नम्रता र बोलीमा मिठास राख्नुहोस् । अधिकारको दुरुपयोग नगर्नुहोला ।
यी चीजहरूमा ध्यान दिनुहोस्
यस ग्रहणको प्रभाव नेपालमा नदेखिए पनि चन्द्रग्र हणको समयमा भगवानको ध्यान गर्न विज्ञहरुको सुझाव छ । ग्रहण सकिएपछि नुहाउनुहोस् र यदि तपाई गर्भवती हुनुहुन्छ भने तपाईले यस समयमा आफ्नो विशेष ख्याल गर्न आवश्यक हुन्छ ।