सपनामा बारम्बार मरेका मानिस देखिन्छ? हुनुहोस् सावधान: यी हुन् राम्रा-नराम्रा संकेतहरु !

जब हाम्रो सपनामा कुनै मृत मानिस देखिन्छ तब हामीलाई लाग की कुनै आत्मा हाम्रो अरपरा घुमिरहेको छ । केही हाम्रा प्रिय मानिसको निधन पछी सपनामा उहाँलाई अनौठो अवस्थामा देख्दा चिन्ता लाग्छ । सपना शास्त्रमा यस्ता सपनाबाट हुने शुभ र अशुभ संकेतको विस्तृत व्याख्या गरिएको छ । यसका साथै यस्ता सपनाबाट छुटकारा पाउने उपाय पनि बताईएको छ ।

– सपनामा मृतक परिवारका सदस्य बारम्बार देखिएमा उसको आत्मा भटकिरहेको बुझिन्छ । यसलाई विधिपूर्वक तर्पण गर्नुहोस्। उहाँको नाममा घरमा रामायण वा श्रीमद भागवत पनि पढ्नुहोस्।

– यदि सपनामा मृत व्यक्ति धेरै क्रोधित देखिन्छ भने, यसको अर्थ उसले तपाईबाट कुनै काम गराउन चाहन्छ। यदि उसले तपाईलाई कुनै इच्छा भनेको थियो भने, त्यो पूरा गर्ने प्रयास गर्नुहोस्। बालबालिका र गरिबहरूलाई मिठाई दान गर्नुहोस्। तर्पण भएको छैन भने तर्पण गर्नुहोस् ।

– यदि मृतकले सपनामा कुनै काम मागेको छ भने त्यो काम गर्न सक्दो प्रयास गर्नुहोस्। साथै, उहाँको नाममा दान तथा पुण्य काम गर्नुहोस्।

– यदि तपाईको सपनामा तपाईको केनै मृत सदस्य रोहिरहेको देखेमा शुभ मानिन्छ ।

– यदि मृतक सपनामा खुसी देखिन्छ भने, यसको अर्थ उ खुसी र सन्तुष्ट छ। साथै, यस्तो सपनाले तपाइँलाई केही ठुला सफलता प्राप्त गर्ने संकेत गर्दछ।

– मृतक आफन्त भोकाएको देखेमा तुरुन्तै गरिबलाई खाना, लुगा, जुत्ता, चप्पल दान गर्नुहोस् ।

– यदि मृतक आफन्त वा नजिकका व्यक्तिहरू सपनामा बारम्बार देखिए र हरेक पटक शान्त मुद्रामा छन् भने, यसको मतलब तपाईले केही गलत काम गरिरहनुभएको छ।

प्रकाशित : बुधबार, मङि्सर ०१, २०७८१५:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जप गर्दाको समयमा यस कुरामा दिनुहोस् ध्यान, हुनुहुनेछ भगवान छिट्टै प्रसन्न !