पत्नीको यी बानी फिटिक्कै मन पर्दैन पतिलाई, यी बानीले बर्बाद पार्न सक्छ दाम्पत्य जीवन

काठमाडौँ : वैवाहिक जीवन सुखद् एवं सुमधुर हुनुपर्छ। जोडी भगवानले बनाउने जनविश्वास भएपनि दाम्पत्य जीवनलाई सुखद् बनाउने कुरा हामीमै निर्भर हुनेछ। धेरैजसो मान्छे योग्य एवं सक्षम जीवनसाथी पाएर पनि सम्बन्धलाई नसम्हाल्दा सानोतिनो गल्तीले सम्बन्ध टुट्ने सङ्घारमा पुग्छ र जीवन नरकीय हुन्छ।

प्राय: दम्पत्तिहरुबीच झगडा हुँदा पतिको गल्तीलाई कोट्याईन्छ। जबकि हरेक पटक पतिको नै गल्ती हुन्छ भन्ने हुँदैन। केही हदसम्म पत्नीको हर्कतले पनि वैवाहिक जीवन खराब पार्छ। आज हामी तपाईलाई पत्नीको केही हर्कतका बारेमा बताउँछौँ जसले सुखद् दाम्पत्य जीवनलाई बर्बाद पार्छ।

हरेक कुरामा शङ्का गर्नु : –

वैवाहिक जीवनको रथलाई चलाईराख्नु पति र पत्नी दुवैको लागि सबैभन्दा मुश्किल काम हो। यदि पत्नी आफ्नो पतिको हरेक काममा शङ्कास्पद नजर लगाउँछिन्, पटक-पटक फोन चेक गर्छिन् र पतिको महिला मित्रबारे चाहिने भन्दा बढी इन्ट्रेस्ट देखाउछिन् भने यी कुरा सम्बन्धको लागि बिल्कुलै ठिक हुन्न।

पतिलाई अरुसँग तुलना गर्नु : –

केही पत्नी आफ्नो पतिलाई अरु पुरुषसँग तुलना गर्छिन्। आफूलाई दोस्रो पुरुषसँग तुलना गर्ने पत्नीको यस्तो बानी पुरुषहरुलाई फिटिक्कै मन पर्दैन। जसकारण प्रेमपूर्ण सम्बन्ध खराब हुन्छ।

पत्नी धेरै डिमाण्डिङ हुनु : –

अब पत्नी आफ्नो पतिसँग डिमाण्ड नगरेर कोसँग गर्छिन् त। तर केही पत्नीहरु धेरै डिमाण्डिङ हुन्छ। कहिल्यै शपिङको डिमाण्ड त कहिल्यै पैसाको। यहीँ कारण दम्पत्ति टाढिन थाल्छन्।

प्रकाशित : सोमबार, कार्तिक २९, २०७८२०:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आखिर कसरी हुन्छ पहिलो नजरमै प्रेम ? वैज्ञानिकले बताए केमिकल फण्डा