आखिर कसरी हुन्छ पहिलो नजरमै प्रेम ? वैज्ञानिकले बताए केमिकल फण्डा

काठमाडौँ : पहिलो नजरमा प्रेम (Love at first sight) आखिर कसरी हुन्छ ? कसैलाई पहिलोपटक भेट्दा उसको हरेक चीज तपाईलाई आफ्नै जस्तो लाग्छ। तपाई एक-अर्कालाई वर्षौँदेखि चिनेको जस्तो महसुस हुन् थाल्छ। तपाईले यस पछाडीको तमाम भावनात्मक कारणहरु खोज्नुभयो होला तर वैज्ञानिक कारण पनि हुन्छ जसले तपाईलाई पहिलो भेटमै नजिकियाउँछ।

वैज्ञानिकले यस सवालको जवाफ खोज्नको लागि एक अध्ययन गरेका छन्। अध्ययनमा मानिसहरुलाई ब्लाइन्ड डेट(Blind Date) मा पठाईएको थियो। र मानिसहरुबीच पहिलो भेट भएपछि केमिस्ट्री कसरी डेभलव हुन्छ भनेर जान्ने कोसिस गरिएको थियो। यस अनुसन्धानबाट अत्यन्तै रोचक खुलासा भएको छ।

वैज्ञानिकका अनुसार कुनै व्यक्तिसँग तब पहिलो नजरमा प्रेम हुन्छ जब दुई विपरित लिङ्गीको मुटु एकै धुनमा धड्किन थाल्छ। वैज्ञानिक भाषामा यसलाई हार्ट रेट सिन्क्रोनाइज(Heart Rate Synchronize) भनिन्छ। यस्तो स्थितिमा हत्केलामा हल्का-हल्का पसिना आउँछ। तपाईको दिमाग र शरीर एकै सन्तुलनमा काम गर्न थाल्छ। यो केमिस्ट्री जब अर्को व्यक्तिसँग मिल्न थाल्छ तब तपाईलाई बिल्कुलै अलग महसुस हुन्छ। नेचर ह्युमन बिह्याबियर(Nature Human Behavior) नामको  जर्नलमा यो रिपोर्ट प्रकाशित भएको छ। प्रमुख वैज्ञानिक र नेदरल्यान्ड्स स्थित लिडेन युनिभर्सिटी(Leiden University) को अनुसन्धानकर्ता एलिस्का प्रोशाजकोवा अनुसार मानिसको लुक मात्र नभई तिनको व्यवहार पनि निर्भर हुन्छ।

अध्ययनमा यो कुरा पनि बताईएको थियो कि यो मनोवैज्ञानिक प्रक्रिया हो। यस अध्ययनमा १४२ पुरुष र महिलाले भाग लिएका थिए, जसको उमेर १८-३८ वर्ष बीच थियो। र उनीहरुलाई ब्लाइन्ड डेटमा पठाईएको थियो। डेटिङ स्पोटमा आई-ट्राकिङ ग्लासेज, हार्ट रेट मनिटर्स र पसिना जाँच्ने उपकरण लगाईएको थियो। १४२ मध्ये १७ जोडी यस्ता थिए, जो पहिलो नजरमै प्रेममा परेका थिए। तिनको मुटुको धड्कन एकै लयमा चलिरहेको थियो। यसलाई वैज्ञानिकले फिजियोलोजिकल सिंक्रोनी नाम दिएका छन्, जुनबेला तपाई एक किसिमले बेहोश जस्तो हुनुहुन्छ।

प्रकाशित : मङ्गलबार, कार्तिक ३०, २०७८१५:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

डिसेम्बर महिनामा जन्मेका मानिसहरु हुन्छन् धेरै भाग्यशाली, तर हुन्छ यस्तो एउटा खराब बनी ?