हिन्दी फिल्मले दर्शक तानेको नेपाली बजारमा एकैसाथ प्रदर्शन हुँदा कसले मर्ला बाजी ?

कोरोना महामारीको कारण बन्द रहेको चलचित्र क्षेत्र चलायमान हुन थालेको छ । यति बेला दक्षिण भारतका सुपरस्टार यश अभिनीत फिल्म ‘केजीएफ २’ सन २०२२ अप्रिल १४ अर्थात् बैशाख १ गतेबाट संसारभर प्रदर्शनमा आउने भएको छ ।


नेपाल बलिउड तथा भारतको दक्षिण क्षेत्रको फिल्मको निकै लोकप्रियता रहेको छ । अहिले नेपाली फिल्मले हालमा दर्शक तान्न नसक्दा बलिउड फिल्म ‘सुर्यवंशी’ हालमा दर्शक तानेको छ । अहिलेको अवस्था हेर्न हो भने भन्न सकिन्छ नेपालमा भारतीय फिल्मको मोह कतिछ भनेर।

त्यसतै नेपाली फिल्म ‘ए मेरो हजुर ४’ ले आफ्नो प्रदर्शन मिति तोकेको छ । अभिनेत्री झरना थापाले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर ४’ यही वर्षको चैत महिनाको २५ गतेबाट प्रदर्शनमा आउने भएको छ । यस फिल्ममा अहिलेको युवा पुस्ताको रोजाईमा पर्न सफल अभिनेता अनमोल केसी र सुहान थापाको अभिनय रहेको छ ।

अहिले हिन्दी फिल्मले हलमा तानेको दर्शकलाई नेपाली फिल्म र हिन्दी फिल्म एक सयमा प्रदर्शन गर्दा के होला यसको परिणाम त्यो भने हेर्न बाकी नै छ ।

प्रकाशित : सोमबार, कार्तिक २९, २०७८१७:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सिद्धार्थको यादमा शहनाज मिडियाको अगाडि धर धरी रोइन्’ भिडियो सहित !