सिद्धार्थ शुक्लाको निधन भएको पनि आजको समयमा दुई महिनाभन्दा बढी भइसकेको छ । अहिले सामाजिक सञ्जालमा शहनाज गिलको एउटा भिडियो सार्वजनिक भएको छ जसमा उनी रोएको देख्न सकिन्छ ।
अभिनेता सिद्धार्थ शुक्लाको निधनले उनका फ्यानलाई स्तब्ध बनाएको छ । उनको निधन भएको दुई महिनाभन्दा बढी समय बित्न लागे पनि उनका फ्यानहरु अझै पनि अभिनेताको निधनको शोकबाट मुक्त हुन सकेका छैनन् । शहनाज गिलको अनुहारबाट मुस्कान हराएको छ । पछिल्लो समय उनको एउटा भिडियो भाइरल भइरहेको छ, जसमा उनी रोइरहेको देख्न सकिन्छ ।
सिद्धार्थ शुक्लाको मृत्युपछि शहनाज गिल अहिलको समयमा एक्लिएकी छिन् र उनका फ्यानहरूले यो कुरा राम्ररी बुझेका छन् । सायद यही कारणले गर्दा शहनाजका फ्यानहरूले लगातार पोस्टमार्फत उनीहरूलाई हिम्मत राख्न मनलाई बलियो बनाउन सल्लाह दिइरहेका छन् । सिद्धार्थको मृत्युपछि शहनाजको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनी आफ्नो डे-ब्यू फिल्म ‘हौसला रख’ को प्रमोसनमा सिद्धार्थ शुक्लाको सम्झनामा रुँदै गरेको देख्न सकिन्छ ।
यस भिडियो सार्वजनिक भेए पछी फेरी एक पटक शनाजक फ्यानहरुको मन दुखेको छ । यस क्रममा उनीसँगै बसेका दिलजीत दोसाँझ पनि उनलाई सान्त्वना दिइरहेका छन् । पञ्जाबी फिल्म ‘होन्सला राख’ को प्रमोसनको यो अहिलेसम्म कुनै पनि सामाजिक सञ्जालमा नदेखिएको भिडियोले पक्कै पनि सबैलाई भावुक बनाएको छ । भिडियो सार्वजनिक भएपछि प्रयोगकर्ताले यसमा आ–आफ्नो प्रतिक्रिया दिन थालेका छन् । यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।