शिल्पा शेट्टी र उनका पति राज कुन्द्राको कठिनाइ अझै पनि कम हुने लक्षण देखिएको छैन । राज कुन्द्राको पोर्नो-ग्राफी मुद्दा पनि शान्त नहुँदै अब शिल्पा शेट्टी र राज कुन्द्रा ठगीको आरोप (शिल्पा शेट्टी र राज कुन्द्रा विरुद्ध एफ-आईआर) को कारण चर्चामा आएका छन्।
शिल्पा शेट्टी र राज कुन्द्रा र अन्य दुई व्यक्ति (जसमध्ये एक काशिफ खान हुन्) विरुद्ध १.५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा एफ-आईआर दर्ता भएको छ । यति बेला अभिनेत्री शिल्पा शेट्टीले पनि उनलाई लागेको आरोपमा प्रतिक्रिया दिएकी छिन् । अहिले अभिनेत्रीले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेकी छिन्, जसमा शिल्पा शेट्टीले लेखेकी छिन्– ‘म बिहान उठ्ने बित्तिकै मेरो र राजको नाममा एफ-आईआर दर्ता भएको थाहा पाएँ। यसबाट अचम्मित छु ।’
म यो उल्लेख गर्न चाहन्छु कि ‘एस एफ एल’ फिटनेस एक फिटनेस उद्यम हो, जसलाई काशिफ खानले चलाएका थिए। उनले देशभर SFL फिटनेस जिम खोल्न ब्रान्डको अधिकार लिए। उनले नै यी सबै सम्झौता गरेका थिए । यसको साथै दैनिक लेन-देन पनि उनले नै गर्थे । हामीलाई उनले गरेका लेन देनको बारेमा केही थाहा छैन । सन २०१४ मा यो कम्पनी बन्द भएको थियो र यसको सम्पूर्ण सञ्चालन कासिफले हेरेका थिए ।’
शिल्पाले थप लेखेकी छिन्, ‘मैले पछिल्लो २८ वर्षमा निकै मेहनत गरेको छु र आफ्नो नाम र प्रतिष्ठालाई सजिलैसँग गुमेको देख्दा मलाई दुःख लाग्छ । कति सजिलै मेरो नाम कतै तानिन्छ। म कानुनको पालना गर्ने देशको गौरवशाली नागरिक हुँ।’
नितिन बराई नामका एक व्यक्तिले शिल्पा र उनका पति राज कुन्द्रा लगायतका विरुद्ध मुम्बईको बान्द्रा पुलिस स्टेसनमा उजुरी दिएका छन् । नितिन बराईले जुलाई २०१४ मा उनलाई ‘एस एफ एल’ फिटनेस कम्पनीले फ्रा-न्चाइजी प्रदान गर्ने र पुणेमा जिम र स्पा खोल्ने आश्वासन दिएको आरोप लगाएका छन् ।