बलिउडको करिडोरमा एउटा खबर छिट्टै फैलिएको छ, विक्की र कट्रिना छिट्टै विवाह गर्न लागेका छन् । अब भने उनीहरुको बिहेमा सहभागी हुने स्टारहरुको नाम पनि सार्वजनिक भएको खबर आएको छ ।
बलिउड अभिनेता विक्की कौशल र कट्रिना कैफको विवाहको तयारी तीव्र रुपमा भइरहेको छ । बलिउड वेबसाइट बलिउड लाइफका अनुसार फिल्म क्षेत्रका धेरै स्टारहरूलाई पनि कार्ड पठाइएको छ।
कट्रिना कैफले आफ्नो विवाहको लागि आफ्नो भाइ कबिर खानलाई निम्तो दिएकी छिन् । उनको घरमा रोका सेरेमनी पनि भएको थियो ।
कट्रिना कैफले कबीर खान सहित उनको पत्नी पत्नी मिनी माथुरलाई विवाह गर्न निम्तो दिएकी छिन् ।
अभिनेता वरुण धवनले पनि विक्की कौशल र कट्रिनाको विवाहको कार्ड पाएका छन् ।
साथै वरुण धवनकी पत्नी नताशा दलाल पनि विवाहको गेस्ट लिस्टमा परेकी छन् ।
चर्चित फिल्म निर्माता करण जौहर पनि विवाहमा सहभागी हुने भिआइपी पाहुनाको सूचीमा परेका छन् ।
सिद्धार्थसँगै उनकी प्रेमिका कियारा आडवाणीले पनि विवाहको कार्ड पाएकी छिन् ।
विक्की र कट्रिनाको विवाहमा चर्चित फिल्म निर्माता रोहित शेट्टी पनि सहभागी हुनेछन् ।