बलिउडका दबंग खान भनिने सलमान खानको जन्मदिन २७ डिसेम्बरमा पर्ने गर्दछ । सलमानको जन्म भारतको मध्य प्रदेशको इन्दौर सहरमा भएको थियो । उनको पूरा नाम अब्दुल राशिद सलीम सलमान खान हो भनेर धेरै कमलाई थाहा होला । उनी बलिउडमा करिब ३० वर्षदेखि काम गर्दै आएका छन् ।
यस अवधिमा उनले एकभन्दा बढी हि-ट फिल्म दिएका छन् । सलमानले सन १९८८ मा फिल्म ‘बीवी’ बाट अभिनय यात्रा सुरु गरेका थिए । उनको पहिलो फिल्म देखि अहिले सम्म अभिनेताको लुक देखि अभिनयमा धेरै परिवर्तन आएको छ । आज हामी यस पोस्ट मार्फत बलिउड अभिनेता सलमानको केही बाल्यकालको तस्बिर सार्वजनिक गर्ने छौँ ।
सलमान खान बाल्यकालमा निकै प्यारो थिए । उनको यो तस्बिर उनी एक वर्षभन्दा कम उमेरको हो । तस्बिरमा उनी काखमा बसेर क्यामेरा हेरिरहेका छन् ।
यस तस्बिरमा सलमान आफ्ना साथि हरुको साथमा बसेका छन् । तस्बिर देखेर तपाईहरु मध्ये कतिले चिन्नु भयो होला भने कतिले चिन्न सक्नु भएन होला । अभिनेतालाई चिन्न त्यति गाह्रो छैन। ठूला आँखा भएका सलमान खान हुन् । जसले कपाल पालेका छन् भने सेतो श-र्ट लगाएका छन् ।
सलमान खान आफ्ना भाईबहिनिको साथमा उभिएका छन् । सबैभन्दा पहिले सलमान खान उभिएका छन् । त्यसपछि अरबाज, अलविरा र सोहेल उभिएर फोटो खिचिरहेका छन् । आज पनि सलमानको भाइबहिनिसँग निकै राम्रो सम्बन्ध छ ।