पल र पूजाको बहुप्रतीक्षित फिल्म ‘म यस्तो गीत गाउँछु’ यस दिनबाट रिलिज हुँदै!

केही दिन पहिले सम्म हलमा दर्शक नआएका कारण निराश बनेका नेपाली फिल्म निर्माता अहिले बलिउड फिल्म ‘सूर्यवंशी’ दर्शक तानेको देखेर धमाधम आफ्नी फिल्मको रिलिज मिति तोक्न थालेका छन् । त्यसतै मंगलबाट मात्र फिल्म ‘चपली हाइट २’ आफ्नो रिलिज मिति तय गरेको थियो।

त्यस्तै बिहिबार अर्को नेपाली फिल्मले रिलिज मिति तय गरेको छ । फिल्म ‘म यस्तो गीत गाउँछु’ ले आफ्नो रिलिज मिति तय गरेको छ । नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु’ यही माघको १९ गतेबाट चलचित्र रिलिज हुने तयारीमा गरेको यस फिल्मका निर्माता सुदर्शन थापा र पूजा शर्माले जानकारी दिएका छन् ।

फिल्म ‘म यस्तो गीत गाउँछु’ दर्शक माजमा निकै लोकप्रिय भएपछि यस फिल्मका निर्माताले यस फिल्मको अर्को सिरिज पनि बनाउन लागेका हुन् । यस फिल्ममा पहिलेको सिरिजमा जस्तै मुख्य भूमिकामा पल शाह र पूजा शर्मा गर्ने छन् । कोरोना भाइरसको कारण रिलिज हुन् नसकेको यस फिल्मको म्युजिक भिडियो भने सार्वजनिक भइसकेको छ ।

प्रकाशित : बिहिबार, कार्तिक २५, २०७८१२:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अनन्याको बहिनीको लोभलाग्दो जवानीको तस्बिर हेर्नुहोस्, तपाई हेर्‍या-हेर्‍यै गर्नुहुनेछ