वर्षमा ३ महिना अँध्यारो हुने यस गाउँले बनायो आफ्नै सूर्य, हेर्नुहोस् तस्बिर….

कृत्रिम सूर्य: सूर्यको किरण मानव जीवन र स्वास्थ्यको लागि धेरै आवश्यक छ। सूर्यको किरण मानिसका लागि मात्र नभई जनावर र वनस्पतिका लागि पनि धेरै महत्त्वपूर्ण छ। सामान्यतया दिनमा सूर्यको किरण आउँछ। तर तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि यस पृथ्वीमा धेरै यस्ता क्षेत्रहरू छन् जहाँ मानिसहरू सूर्यको किरणहरू देख्नलाई निकै आतुर हुन्छन् । आज हामी तपाईलाई एउटा यस्तो गाउँको बारेमा बताउन गइरहेका छौँ, जहाँ मानिसले पहिले घाम देख्न समेत पाउँदैनथे । तर यहाँ बसोबास गर्ने मानिसले आफ्नो तरिकाले सूर्य बनाए ।


इटालीको यो गाउँको नाम विगल्लेना हो । यस गाउँ पाहाडको बिचमा बसेको छ । अग्ला पहाडको कारण यस गाउँमा धाम पुग्न सक्दैन । यो गाउँ मिलानबाट १३० किलोमिटर उत्तरमा अवस्थित छ। यस गाउँको जनसङ्ख्या २ सय छ । यहाँ नोभेम्बरदेखि फेब्रुअरीसम्म सूर्य उदाउँदैन। जनताको समस्या देखेर गाउँका आर्किटेक्ट र इन्जिनियरले बाटो खोजे । इन्जिनियरले गाउँका मेयरको सहयोगमा भिगालेना गाउँका लागि कृत्रिम सूर्य बनाए ।

केही समय अघिसम्म प्रत्येक वर्षको तिन महिना सम्म यस गाउँ अध्यारो बस्न बाध्य थियो । जसको कारण यस गाउनका मानिसको स्वास्थ्यमा नराम्रो असर परेको थियो । यस समस्याको समाधान गर्नको लागी यही गाउँका एक आर्किटेक्ट र इन्जिनियरले खोज अनुसन्धान गरेर कृत्रिम सूर्य बनाए । सन् २००६ मा गाउँका मेयरको सहयोगमा इन्जिनियरले पहाडको चुचुरोमा ४० वर्ग किलोमिटरको ऐना लगाइदिए । ऐना यसरी राखिएको थियो कि यसमा परेको सूर्यको किरण प्रतिबिम्बित भएर सिधै गाउँमा पर्थ्यो ।

पहाडको चुचुरोमा जडान गरिएको यो ऐनाले गाउँलाई दिनको ६ घण्टा उज्यालो दिन्छ । ऐनाको तौल कारण करिब १.१ टन छ र यसको लागत १ लाख युरो छ। यस कारीगरीमा प्रविधिको सहयोग पनि लिइएको छ, पहाडमा जडान गरिएका ऐनालाई कम्प्युटरबाट नियन्त्रण गरिन्छ । आफ्नै घाम बनाएपछि विश्वभर चर्चाको केन्द्र बनेको विगल्लेना गाउँ, अहिले यो कलाकृति हेर्न पर्यटक पनि आउने गरेका छन् ।

प्रकाशित : बुधबार, कार्तिक २४, २०७८१६:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पत्नीको यी बानी फिटिक्कै मन पर्दैन पतिलाई, यी बानीले बर्बाद पार्न सक्छ दाम्पत्य जीवन