पुर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर आउन देउवाको च्यालेन्ज

प्रधानमन्त्री देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अहिलेको शासन व्यवस्थाविरुद्ध नलाग्न आग्रह गरेका छन् ।

बुधबार भएको गणेशमान सिंह स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले पुर्व राजालाई यदी शासन गर्ने भए चुनाव लडेर आउन चुनौति दिएका छन् ।


प्रधानमन्त्रीले प्रजातान्त्रिक मुलुकमा चुनाव जितेर नेतृत्वमा आउन सकिने सुविधा रहेकाे कुरा पुर्व राजालाई लक्षित् गर्दै बताएका छन् ।

बुधबार भएको कार्यक्रमा बोल्दै प्रधानमन्त्री देउवाले भनेका छन् ‘यदि सासन गर्ने नै हो भने चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा दिएको छ । तर अहिले भएको शासन व्यवस्था विरुद्ध नलाग्नुस्।’

यदि राजा चुनाव लडेर आउने भए अहिले बनेको संविधानमा केही त्रुटिहरु भए बरु आउने दिनमा सच्याउँदै जान सकिने प्रधानमन्त्री देउवाले बताएका छन् ।

प्रकाशित : बुधबार, कार्तिक २४, २०७८१३:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भारतको दिल्लीमा सबै विद्यालय अनिश्चितकालको लागि बन्द