एजेन्सी : भारतीय अभिनेत्री उर्फी जावेद आफ्नो एक से एक उम्दा फेशन सेन्सको कारण चर्चामा रहन्छिन्। एक पटक फेरी पनि उर्फी जावेद आफ्नो यस्तै अवतारको कारण सामाजिक सञ्जालमा छाएकी छिन्।
उर्फी जावेदले हालै एनिमल प्रिन्ट ड्रेसमा आफ्नो केही तस्बिरहरु फ्यान्स माझ शेयर गरेकी छिन्। उर्फीको यस अवतारलाई मानिसहरुले असाध्यै मन पराएका छन्।
ती तस्बिरहरुसँगै उर्फी जावेदको क्याप्सन पनि खुब भाइरल भईरहेको छ। तस्बिर शेयर गर्दै उर्फीले लेखेकी छिन् – ‘मलाई गोवा जान मन छ।’
फोटोशूटमा उर्फी जावेदले निकै लोभलाग्दो पोजहरु दिएकी छिन्।
उर्फी जावेद उमेरले भर्खर २५ वर्षकी भईन्। तैपनि सानै उमेरमा आफ्नो फेशन सेन्सको कारण उनी स्टार बनेकी छिन्।
लखनऊ निवासी उर्फी हालै आफ्नो होमटाउनमा मिडियासँग कुराकानी गर्दै उनले अनलाइन ट्रोलिङसँग सम्बन्धित मुद्दामा आफ्नो प्रतिक्रिया दिएकी थिईन्।