धन बर्बाद हुँदा व्यक्ति निर्धन हुन्छ, तर समय बर्बाद हुँदा व्यक्ति नै बर्बाद हुन्छ

काठमाडौँ : जीवनमा ठुलो सफलता ती मानिसले पाउँछन् जो एक पटक असफल भएर पनि निराश हुँदैनन् र सकारात्मक विचारसँगै अगाडी बढ्छन्। हामीले हाम्रो जीवनको एक-एक पलको सही उपयोग गर्नुपर्छ, समय बर्बाद हुँदा मानिसले सफलता हासिल गर्न सक्दैनन्।

आफ्नो डरलाई छिट्टै समाप्त पार्नुपर्छ, अन्यथा डर हाम्रो असफलताको कारण बन्न सक्छ।

ठक्कर लागेको व्यक्ति फेरी उठ्न सक्छन्, तर कसैको नजरबाट गिरेपछि फेरी उठ्न मुश्किल हुन्छ।

हतारमा कसैको भरोसा गर्दा र कर्मबिना सफलताको आशा राख्दा असफलता नै हात पर्छ।  सोचविचार गरी कसैलाई भरोसा गर्नुहोला र कर्म गरे अवश्य सफलता मिल्नेछ।

विषम परिस्थितिमा असफल मानिस बहाना खोज्छन्।  खराब अवस्थामा विद्वान र सफल मानिस बाहिर निस्कने बाटो खोज्छन्।

धन बर्बाद हुँदा व्यक्ति निर्धन हुन्छ, तर समय बर्बाद हुँदा व्यक्ति नै बर्बाद हुन्छ।

प्रकाशित : मङ्गलबार, कार्तिक २३, २०७८१२:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

थोरै लेखेर धेरै हल्ला गर्ने काठमाडौकि मैचाको बालेनलाई खुला पत्र !