थोरै लेखेर धेरै हल्ला गर्ने काठमाडौकि मैचाको बालेनलाई खुला पत्र !

मीरा राजभण्डारी अमात्य

म खास अहिले धरानका मेयर हर्क साम्पङ युको फ्यान बनेको छु । दिनैदिन उनका गतिबिधी हेरी रहेछु । उनी नागरिकसँग जोडीएका छन् रमाइलो र खुशी लागेको छ । नागरिकका सानासाना लाग्ने तर ठुलाठुला समस्या सल्टाउन लागि परेका छन् । हो उनी धराने नागरिकलाई पानी खुवाउँदै छन, लागु पदार्थ दुव्र्यवशनलाई निस्कृय पार्ने अभियानमा जुटेका छन्, अनि बैदेशिक रोजगारीमा गएर घर, समाज परिवार खत्तम हुन सक्ने चेतना फैलाएर धराने नागरिकलाई रोजगारी दिन नयाँनयाँ सपना बुन्दै छन, व्यबहारमा नीती कार्यन्वयन गर्दै छन ।

मासु–भात र भेटी फर भोट । ‘पलिटिक्स फार सिट नट फर सिटिजन’ यस्तै यस्तै सुनिन्छ अचेल काठमाडौ लगायतका चुनावी बजारमा । भो, थप केही नभनम क्यार । अचेल बिबादमा पर्न र मुछिन मलाई राम्रो लाग्दैन । खासमा कुनै पनि राजनीति दलको कार्यकर्ता होइन । मेरा पनि राजनैतीक आस्थाका बिम्ब छन् र म पनि राजनैतिक आस्था राख्छु । किनकी म विश्वाश गर्छु त्यो अमुक पार्टी वा राजनैतीक दलले मेरो देश र नेपाली नागरिकको अस्तित्वलाई अवश्य पनि सुरक्षा गर्छ । नागरिकका आस्था न हुन्, राख्छ, म पनि राख्छु । यदि राजनीति देश र नागरिकका लागि हो भने, र गरेको हो भने भुइ मान्छे नागरिकका हरेक एजेन्डा, मुद्दा अमुक राजनीतिीक दलको प्रथम र महत्वपूर्ण प्राथमिकतामा दरिनु पछर्, अथवा राखिनु पर्छ । फेरी पनि म भन्छु म राजनीति कर्मी होइन र राजनीतिबाट म धेरै पर छु, तर अबुझ चाँही होइन है ।

कैले काहिँ हाम्रो बुझाई र ग्रहण गर्ने क्षमता देखेर दिक्क मान्छु । हामी कसलाई भोट हाल्दै छौं ? कसले हामी आम नागरिकका दिननुदिनका समाधान नगरी नहुने समस्यालाई सम्बोधन गर्छ ? हिजोका दिनमा ती त्यस्ता समस्या सम्बोधन अमुक राजनीतिीक दलबाट प्रतिनिधित्व गर्नेले सम्बोधन ग¥यो वा गरेन ?, उठेका र माग भएका मुद्दाहरु किनारा लगाए वा बिपक्षीलाई अघि सारेर अनेक बहानामा टाल टुल गरेर आफु संग्लो पन्छिए ? आगामी निर्वाचनमा अबस्य पनि आम नागरिकले ति त्यस्ता नेतृत्वलाई छानीछानी हराउने वा जिताउने छन । किनकी मलाई थाहा छ आम नागरिक भेडा त पक्कै होइनन्, यदी हुन्थ्ये त विसं १९९७, २००७ २०३६ २०४६ र ६२–६३ मा आफ्नो मतको (यहाँ मत भन्नाले भोट मात्र होइन, सहमति र सहभागिता भन्ने बुझौं ) करामतले क्रान्तिकारी नीतिगत परिवर्तन ल्याउन नेतृत्वहरुलाई सघाउन्थेनन् । सोच्नुस् त, के ति क्रान्तिहरुमा नेतृत्वहरु मात्र थिए त ? के उनिहहरुलाई आम नागरिकको मत बिमत ले सघाएको थिएन र ?

क्रान्तिका कुरा गरी रहँदा बिगतको क्रान्तिमा सहादत प्राप्त गर्ने नेतृत्व होइन, नागरिक थिए भन्न मलाई कत्ती पनि सन्देह लाग्दैन । बरु गर्व लाग्छ । महाकवि सिद्दिदास महाजु अमात्य, सुब्बा कृष्णलाल, मोतीराम भट्ट, पुष्पलाल श्रेष्ठ, बिपी कोइराला साधना प्रधान आदी बिचारक लेखक महाकवि, कवि र पत्रकारहरुका भूमिकालाई पनि क्रान्तिका अगुवाहरुमा लिस्टिङ नगरे नेपाली राजनीतिक क्रान्तिको ईतिहास अपुरो र अधुरो हुनेछ । जिउ ज्यान फालेर शहीद हुने श्रष्टाहरुमा धर्मभक्त माथेमा, गंगालाल, शुक्रराज शास्त्री, दसरथ चन्द, चिनिया काजी आदीइत्यादी सपुतहरु सधैं पावन र पवित्र अध्याय वा खन्डका रुपमा चीरन्जीवि रहने छन् ।

पछिल्लो प्रजातन्त्र पुःन स्थापना पश्चात शहिद हुने र मारिनेमा पत्रकारकै संख्या मात्र पनि उल्लेख्य छ । सन् २०१२ सम्ममा त ३६ जना त पत्रकार कै हत्या भयो । कञ्जुस्याई त यतिसम्म भयो कि, पत्रकार मारिएको पत्रकारहरुको घटना माथि छानविन गरी दोषीलाई कानुनी दायरामा त के ल्याओस, वास्तविक शहिद को मान्यता समेत राज्य र सरोकार वाला निकायले दिएन वा दिलाउने पहल गरेन । बिगत र बर्तमानमा फरक केही पनि छैन । नागरिक मरे नागरिक शहीद भए, बने, बनाइए, नागरिकले दुःख पाए बिस्थापित भए । सब थोक त नागरिक बाटै त भयो । त्यसैले राजनीतिक इतिहासमा आमुल परिवर्तन ल्याइ रहने नागरिक भेडा कसरी हुन्छ ?रह्यो मासु भातका कुरा, खान दिए पछी खान्छन् त, जति खाए नि हुन्छ । हाम्रै कर तिरेको रकम बाटै त बैध अबैध रुपमा ख्वाका हुन्, कसैका बाउका विर्ता समर्पेका त होइनन् क्यार, केको लाज ? खानुस् मज्जाले खानुस् तर भोट् उसैलाई दिनुस् जुन नेतृत्वल,े जुन राजनीतिक दलले साँचिक्कैकै तपाईंका आधारभूत आवश्यकता र समस्यालाई साँच्चिक्कै बुझेका छन्, तपाईका हरेक सुुख दुखमा साथ दिएका छन् र पार्टी वा जाति भुगोल नहेरी मानवीय मुल्य मान्यताका आधारमा तपाईका संस्कृति, भाषा, पहिचानजन्य सबै अवयव र देशका खास खास मुद्धामा गम्भीर बनेर राष्ट्र र राष्ट्रियता जोगाउन मरीमेटेर लागेको छ, सम्बोधन गरेको छ र समस्या सल्टाइ दिएर किनरा लगाएको छ । र यो पनि याद राख्नु होला ति केके थिए ?, केके हुन सक्छन वा छन् ?, ति सबलाई लिस्टिङ गर्नुस् अनि त्यसैलाई आधार बनाएर डयाम्म भोट् हाल्नुस् ।

म खास अहिले धरानका मेयर हर्क साम्पङ युको फ्यान बनेको छु । दिनैदिन उनका गतिबिधी हेरी रहेछु । उनी नागरिकसँग जोडीएका छन् रमाइलो र खुशी लागेको छ । नागरिकका सानासाना लाग्ने तर ठुलाठुला समस्या सल्टाउन लागि परेका छन् । हो उनी धराने नागरिकलाई पानी खुवाउँदै छन, लागु पदार्थ दुव्र्यवशनलाई निस्कृय पार्ने अभियानमा जुटेका छन्, अनि बैदेशिक रोजगारीमा गएर घर, समाज परिवार खत्तम हुन सक्ने चेतना फैलाएर धराने नागरिकलाई रोजगारी दिन नयाँनयाँ सपना बुन्दै छन, व्यबहारमा नीती कार्यन्वयन गर्दै छन । मेयरसाब कृपया सधैं यसरी नै नागरिकमुखी नेतृत्व बन्दै रहनुस् है, काठमान्डौ बाट चिहाइ रहने र तपाईंको क्रान्तिमा हामी सघाउन भौतिक रुपले नसके पनि कलमका मसीहरु छरी रहने छौं, सामाजिक सन्जालमा तपाईंका पोस्टहरु रिपोष्ट गरेर तपाईं र धराने नागरिकलाई प्रोत्साहित गरी रहने छौं ।

अब सोझियौं काठमाण्डुतिर । मेयर बालेनजी, हो, मेरो र हाम्रो माग ठुलो छैन, बस पानी मज्जाले पिउन दिनुस । फोहरका कारण गत वर्ष (म र मेरा टोल वासीलाई) ‘टाईफाइड’ले सताएझैं यो बर्ष ‘डेङी’ले हामीलाई धेरै नसताओस् । हामी ‘नेवा’को मोहनी, स्वन्ती र अरुका दशंै तिहार जस्ता राष्ट्रिय चाड मुखैमा आइ सक्यो । मेयर बालेन कृपया यो काठमान्डौको चेलीहरुका आवाज पनि सम्बोधन गरी दिनुस । ट्यान्कर अनी थोत्रा मोत्रा प्लास्टिक जारका पानी खाँदा खाँदा हामी वाक्क भै सक्यौं । पानी नपुगेर भूमिगत पानी तान्दा तान्दा मेरो काठमाडौ हाम्रो प्यारो काठमाण्डौ क्रमस भास्सिंदै छ, सुन्नु भो होला नि ? तपाईंकै महानगरपालिका र भुगर्वविदहरुको अध्ययन ले त्यही भनेको छ त, यदि काठमाडौं भास्सिदै जाने हो भने भोली हामी कता जाने ? पोखरा भास्सियो भन्दै केही बर्ष पहिले काठमान्डौको थोरै जग्गासँग पोखराका थुप्रो जग्गा सट्टाापट्टा गर्ने बिज्ञापन पत्रिकामा पढ्ने मै हुँं क्यार । मलाई याद छ । त्यसैले, यो मिनी नेपाललाई भौतिक र प्राकृतिक रुपमा सुरक्षित राख्न तपाईंका केही यस्ता नीति योजना र्कायक्रम र त्यसको कार्यान्वयनले राम बाणको काम गरोस । तपाईंको कालो चस्मा भित्रको अर्जुन दृष्टि अब यता तिर पनि मोडियोस त्यसको लागि म विशेष आग्रह गर्दछु ।हो अबश्य पनि काठमाण्डौ अस्तब्यस्त बनेको छ, बिरामी छ काठमाण्डौ, बिरामी सुन्दरीको कपाल भत्ल्याङ भुत्लुङ परेको स्याहारेर कोरी बाटी गर्न सके काठमाडौं सुन्दरी चिट्टीक्क पर्ने छिन् । लौन बेर भो मेयर बालेन, यो दशैंको मुखै नेरी धनी गरीब सबका घर टहरा, भत्काउने काम तपशिलमा राख्दै गर्नु होला तर पानी, फोहरमैला ब्यबस्थापन र ट्राफिक ब्यबस्थापनको काम पहिलो प्राथमिकतामा राख्नु होला । धराने जनताले मेयर साम्पाङलाई अङ्गालो हालेर आफुले मेहनत गरी निशाने लगायतबाट तानेको पानीको फोहराले सानोसानो नानीलाई नुहाइ दिए जसरी नै काठमाडांैका सडकमा नागरिकहरु प्नि छमछमी नाच्दै मज्जाले नुहाउन चाहन्छन्, चाहन्छु । सडकमा नसके आआफनै घरमा भएपनि सुकी सकेका, पानीले बाटो विर्सेर खियाले जीर्ण भइसकेका धारामा मज्जाले नुहाउन र पेट भरीभरी पानी खान चाहन्छन, चाहन्छु । मेयर साम्पाङज्यु धराने जनतालाई सुख दिन राज्य सरकारले प्रत्याभुति दिनै पर्ने न्युनतम आधारभुत भौतिक प्राकृतिक संसाधन श्रोत र सामजिक शुरक्षा र मानव अधिकारलाई सुनिश्चित गराउने तपाईंका प्रतिबद्धता र काम गराईलाई निरन्तरता दिनु होला यो काठमाडौं कि मैचाको कामना । मेयर बालेन्द्र शाहज्यु, विकासका पुर्वाधारहरुमा प्राथमिकिकरणको लागि कामना । फेरी पनि भन्छ,ु हामी नागरिकहरु भेडा होइनौं । अझ काठमाडौंका नागरिक त हुँदै होइनौं, किनकी काठमाडौंले सवैलाई जीवनमा कम्ँितमा एक पटक त चान्स दिन्छ दिन्छ । चान्समा डान्स गराउँछन, डान्स गर्न जान्नेलाई फेरीफेरी चान्स, नत्र उही काठमाडौंका खाल्डाखुल्डी तिर झ्याक्न पनि जानेकै छ । जय काठमाडा,ैं जय नेवा ताम्सालिङ जय नेपाल ।

उही,थोरै लेखेर धेरै हल्ला गर्ने मध्य एककाठमाडौकि मैचा

प्रकाशित : आइतबार, असोज ०२, २०७९०९:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दसैँको जमरा र इरानी नयाँ वर्षको जमरा ! के छ समानता, के छ भिन्नता ?