यी बलिउड स्टारलाई चिन्नु भयो? बाल्यकालमा प्यारो देखिने यी बालकले अहिले बलिउडमा राज गरेका छन् !

नेपालमा पनि बलिउड स्टारहरुको मानिसहरुमा निकै क्रेज छ । फ्यानहरू आफ्नो मनपर्ने स्टारको एक झलक पाउन उत्सुक छन्। यति मात्र होइन, फ्यानहरू आफ्नो मनपर्ने स्टारसँग सम्बन्धित हरेक जानकारीको बारेमा पनि जान्न चाहन्छन्। आफ्ना मनपर्ने स्टारहरु बाल्यकालमा कस्तो देखिन्थे भन्ने बारे पनि फ्यानहरु निकै उत्सुक छन् । अहिले सामाजिक सञ्जालमा एउटा तस्बिर निकै भाइरल भइरहेको छ । यो तस्बिरमा बलिउडका ठूला स्टारको बाल्यकाल देखाएको छ । तर तस्बिर हेरेपछि मानिसहरुले यो कुन स्टारको बाल्यकालको तस्बिर हो बुझ्न सकेका छैनन् ।

यस तस्बिरमा देखिएका बलकालाई तपाइले चिन्न सक्नु भएको छैन भने हामी तपाई हरुलाई बताउने छौँ । यस तस्बिरमा देखिएका बलका बलिउड क्षेत्रका लिउडका चर्चित निर्माता निर्देशक करण जौहरा हुन् । उनको यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । उनको यो तस्बिर निकै पुरानो हो । यो तस्बिरमा उनी करिब चार–पाँच वर्षका देखिन्छन् । उनको यो क्यूट स्टाइललाई फ्यानहरुले निकै मन पराएका छन् ।

करण जोहर आज बलिउडमा निकै ठूलो नाम हो । उनले ‘दिलवाले दुल्हनिया ले जायेंगे’ बाट सहायक निर्देशकको रुपमा बलिउडमा डेब्यु गरेका थिए । यसपछि उनले निर्देशकका रुपमा ‘कुछ कुछ होता है’, ‘कभी खुशी कभी गम’, ‘कभी अल्विदा ना कहना’, ‘माई नेम इज खान’ र ‘स्टुडेन्ट अफ द इयर’ जस्ता सुपरहिट फिल्म दिएका छन् । यसबाहेक उनले ‘कल हो ना हो’, ‘काल’, ‘कभी अल्विदा ना कहना’, ‘दोस्ताना’, ‘कुर्बान’ र ‘वेक अप सिड’ जस्ता फिल्महरू निर्माण गरिसकेका छन्। केही समय पहिले करण जोहर बिग बोस ओटीटी होस्ट गरेका थिए ।

प्रकाशित : मङ्गलबार, कार्तिक २३, २०७८११:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘छक्का पञ्जा ४ ‘ को ट्रेलरमा देखिएनन् जितु नेपाल, गरे फिल्ममा नरहेको घोषणा !