कुनै समयमा विदेशी सिनेमाको नेपाली सिनेमाको कारण नेपाली चलचित्र क्षेत्र प्रभावित भएको भन्ने दीपक राज गिरी आजको समयमा बलिउड फिल्म हेर्न दर्शकलाइ आग्रह गरिहेका छन् ।
अहिले नेपालका हलहरुमा केही नेपालि फिल्म लागे पनि भइटिकाको अधिल्लो दिन अर्थात् गोवर्धन पूजाको दिनबाट प्रदर्शनमा आएको फिल्म ‘सूर्यवंशी’ नेपालक अधिकाम्स हलहरु कब्जा गरेको छ । अहिलेको यस्तो अवस्थामा कलाकार दीपक राजा गिरीले सानाजिक सञ्जालमा पोस्ट गरेको एक पोस्ट अहिले भाइरल भइरहेको छ ।
त्यस्तै अहिलेको समयमा नेपाली फिल्महरु हालमा लग्न सकेका छैनन् र लागेकाले पनि दर्शक पाउन सकेका छैनन् । त्यसतै केही दिन पहिले हालमा लागेको फिल्म ‘डाँडाको बर पिपल’ र ‘धूम ४’ ले दर्शक पाउन सकेको छैन । केही सामाजिक सञ्जालमा फिल्म ‘डाँडाको बारा पिपल हेर्नको हालमा जम्मा ६ जान दर्शक आएको खबर भाइरल भएको थियो ।
कोरोना महामहारी सम्म विदेशी फिल्मको कटाक्षे गर्ने कलाकार तथा फिल्म निर्देशक दिपक राज गिरी यति बेला बलिउड फिल्मको समर्थनमा उत्रिएका छन् । दीपकले समर्थन सामाजिक सञ्जाल मार्फत गरेका छन् । सामाजिक सञ्जाल फेसबुक लेखेका छन् ‘“सूर्यवंशी “ समय हल खचाखच छ ! चलचित्र विदेशी हो तर यो अवस्थामा दर्शक हल सम्म ल्याउने काम गरेकोले सबैले सपोर्ट गरौ !’
अहिलेको समयमा आएर बलिउड फिल्म अर्थात विदेशी फिल्मको समर्थनमा देखिएका कलाकार भोलिको दिनहरुमा उनले निर्माण गरेका फिल्म हलमा लाग्ने समयमा विदेशी फिल्मको समर्थन गर्छन, वा पहिले जस्तै विदेशी फिल्मले नेपाली फिल्म क्षेत्रलाई प्रभावित गरेको भन्दै विरोध गर्छन् । त्यो भने आगामी दिनहरुमा हेर्न बाकी छ ।