चर्चित हाँस्य टेली फिल्म ‘ट्वाक टुक’ बाट अभिनय यात्रा सुरुवात गरेका हास्य कलाकार जितु नेपाल आजको समयमा सबैको मन बस्न सफल भएका छन् ।
पछिल्लो समयमा सबैको रिजाईमा पर्न सफल कलाकार जितु नेपालले हास्य टेली फिल्म ‘ट्वाक टुक’ देखि ‘जिरे खुर्सानी’ बाट सबैको घर-घर आफ्नी परिचय बनाउन सफल कलाकार जितुले पछिल्लो समयमा झनै लोकप्रियता कमाएका छन् । अहिलेको समयमा उनले टेली फिल्मको अलावा विभिन्न फिल्ममा पनि अभिनय गरिसकेका छन् ।
यति बेला उनको अभिनयको निकै तारिफ भएको पाउन सकिन्छ । साथै पछिल्लो समयमा जितुले निर्माण गरेको चर्चित सो ‘मुन्द्रेको कमेडी क्लब’ को कारण पनि उनी निकै चर्चामा छन् । तर अहिले उनको शो बन्द हुने खबर आएको छ । यस सो चर्चित पात्र फुलान्देको आमाले शो छोड्ने भएपछि सो बन्द हुने अवस्थामा पुगेको हो ।
यसै जितु नेपालले एक टेलिभिजनको अन्तर्वार्तामा दिएको बयान अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कार्यक्रममा जितु नेपालले चित्त दुखाई पोखेका छन् । सँगै कम गरेका साथीहरुले चर्चा पाउदा आफुलाई नसम्झेकोमा उनले चित्त दुखाएका छन् । कार्यक्रममा जितुले भनेका छन् ‘केही मानिसले मात्र सम्झने रहेछन् नत्र भने म यो स्थानमा आइपुगे भनेर कसैले पनि सम्झदो रहेन छ ।’