भुवन र शिव अभिनीत फिल्म ‘डाँडाको बर पिपल’ ले दर्शक नपाउँदा बलिउड फिल्म ‘सूर्यवंशी’ हेर्नेको भिड !

केही दिन पहिलेबाट हाल-हालमा लागेको फिल्म ‘डाँडाको बारा पिपल’ दर्शक पाउन सकेको छैन । केही दिन पहिले केही प्रकाशित समाचार  अनुसार उक्त्त फिल्म हेर्नको लागी हालमा जम्मा ६ जना दर्शक उपस्थित भएको खबर आएको थियो भने फिल्म निर्देशक शोभित बस्नेतले उक्त खबर झुटो भएको बताएका थिए ।

त्यसतै केही समय पहिलेबाट प्रदर्शनमा आएको फिल ‘शुर्यवंसी’ नेपाली हल-हलमा लागेको छ । लामो समय देखी हलमा नदेखिएका दर्शक यति बेला भारतीय क्षेत्रको बलिउड फिल्म ‘शुर्यवंसी’ हेर्नको लागी हलमा देखिएका छन् । यस फिल्ममा बलिउडका तिन चर्चित अभिनेताको अभिनय रहेको छ । यस फिल्ममा अजय देवगन, अक्षय कुमार र रणवीर सिंहको अभिनय रहेको छ । यस फिल्ममा अक्षय कुमार र अभिनात्री कट्रिना कैफको मुख्य भूमिका रहेको छ ।

करिब दुई वर्ष देखी बन्द रहेको हलहरुमा अहिले मानिसको चहल पहल देखिन थालेको छ । नेपालमा कोरोना भाइरसको कारण बन्द राहेको हलहरु केही समय पहिले घटस्थापनाको दिनबाट, आज भन्दा करिब एक महिना पहिलेबाट फिल्महरु चल्न सुरु गरे  पनि हलहरुमा फिल्म हेर्ने दर्शकको खासै भिड थिएन तर केही दिन पहिलेबाट हलहरुमा लागेको बलिउड फिल्म ‘शुर्यवंसी’ हेर्नको लागी दर्शकको भिड लागेको छ । यसबाट अनुमान लगाउन सकिन्छ के नेपाली फिल्मले दर्शकको मन जित्न नसकेको हो र ? यदि यस्तै हो भने केही समय पछि नेपाली फिल्म सङ्कटमा नपर्ला भन्न सकिन्न ।

आज भन्दा करिब एक वर्ष पहिले नै रिलिज भइसक्नु पर्ने फिल्म ‘ए मेरो हजुर ४’ जसमा अभिनेता अनमोल केसी र सुहाना थापाको अभिनय रहेको छ । भने अर्को फिल्म ‘म यस्तो गीत गाउँछु २’ पनि रिलिजको तयारीमा छ । अब यी फिल्म जसलाई दर्शकले कत्तिको रुचाउछन् त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित : आइतबार, कार्तिक २१, २०७८१५:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपाली चलचित्र क्षेत्रमा विदेशी चलचित्रको हाबी, आफ्नो क्षेत्रमा पनि कमजोर बन्दै नेपाली चलचित्र !