सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
तपाईलाई यस साताको सुरुवातमा नै सन्तानको स्वास्थ्य समस्याले सताउने छ । यस सातामा आम्दानि राम्रै भएपनि खर्च अधिक हुनेछ । मानसिक तनाब बढ्ने छ । नजिकका आफन्तसँग विवाद हुने
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
तुला राशिका व्यक्तिहरूले यो साता विवादबाट टाढा रहन पर्ने हुन्छ, अन्यथा धन र इज्जत दुवै गुम्न सक्छ। कार्यस्थलमा कामको बोझ अलिकति बढ्न सक्छ र गोप्य शत्रुहरूले तपाईंलाई हानि पुर्याउने प्रयास गर्न सक्छन्। यद्यपि धैर्य र विवेक प्रयोग गर्नु भएमा सानातिना अड्चनहरूको बावजुद, तपाईंको व्यवसाय सुचारु रूपमा चल्नेछ। तर आर्थिक समस्याको समाधान खोज्नका लागी यो साता आम्दानीका थप स्रोतहरूमा विशेष ध्यान दिनु पर्नेछ । प्रेम सम्बन्ध सामान्य रहनेछ। प्रेमसाथीसँग समय बिताउने अवसर मिल्नेछ। दाम्पत्य जीवनमा सुख र सद्भाव बढ्नेछ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
मकर राशिको लागी यो साता मध्यम फलदाही रहेको छ । यो सातामा अचानक ठुलो खर्च हुनाले बजेटमा बाधा आउन सक्छ । घरका ज्येष्ठ सदस्यको बारेमा मन चिन्तित रहनेछ। सम्पत्ति सम्बन्धी मामिलामा अनावश्यक दौडधुप हुन सक्छ। आफन्त तथा साथी भाइसँग विवाद हुँदा मन खिन्न हुनेछ ।