मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
सताको सुरुका दिनहरुमा सोचे अनुसारको काम नबन्दा मनमा निरासा छाउने छ । यात्रा कष्टकर हुन सक्ने हुँदा यात्रामा निस्कदा सचेत रहनु होला। लामो समय देखी छुट्टिएका आफन्त तथा साथि भाइसँग भेट हुनेछ । शुभ कार्यको चर्चा चल्नुको साथै सम्मान प्राप्त हुनेछ । यो सातामा गरेका कामबाट सोचे भन्दा अधिक लाभ हुनेछ ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
यो सातामा तपाईमा काम गर्ने जोस जागर बढ्ने छ । लामो समय देखी रोकिएको धन प्राप्त हुनुको साथै नायाँ काम प्राप्त हुनेछ । काममा साथी भाइको साथ सहयोग प्राप्त हुनेछ । यस साथ चोट पटकको सभाना भएको हुँदा यात्रा गर्दा विशेष सावधान अपनाउनु होला । यस साता कुनै पनि शुभ कार्य गर्दै हुनु हुन्छ भने भगवान शिवको पूजा आरधना गरेर सुरुवात गर्दा शुभ हुनेछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
साताको सुरुवातमा नै शुभकार्यको चर्चा चल्नेछ । व्यवसाको सिलसिलामा यात्राको सम्भावना रहेको छ । तपाइले यस सातमामा परिश्रम गरे अनुसारको फल राम्रो प्राप्त गर्नु हुनेछ । विभिन्न क्षेत्रमा लगानी गर्ने शुभ अवसर मिल्ने छ । यस साता राम्रै भए पनि काममा नजिकको मित्रबाट काममा विभिन्न किसिमको बाधा हुनसक्छ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
यस साता प्रेम सम्बन्ध सुमधुर हुनेछ । दाम्पत्य जीवन सुखद् तथा समृद्ध हुनेछ । यस सातमा गरेका कामबाट प्रशस्तै लाभ हुनेछ साथै यस सातमा कुनै पनि कार्यमा लगानी गर्दा लाभ हुने सम्भावाना रहेको छ । यस साताबाट तपाईको आम्दानिको स्रोत बढ्ने छ । यस सातामा कुनै पनि शुभ कार्यको थालनी गर्दै हुनुन्छ तथा कतै यात्रामा जादै हुनुन्छ भने माता सरस्वतिको पूजा आरधना गरेर यात्रा गर्दा शुभ हुनेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
तपाईलाई यस साताको सुरुवातमा नै सन्तानको स्वास्थ्य समस्याले सताउने छ । यस सातामा आम्दानि राम्रै भएपनि खर्च अधिक हुनेछ । मानसिक तनाब बढ्ने छ । नजिकका आफन्तसँग विवाद हुनेछ । साताको अन्त्यमा शुभ कार्यको चर्चा चल्नेछ । रोकिएका काम पुरा हुनेछन् । प्रेमी पेमिकाको सम्बन्ध सुमधुर हुनेछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
यस सातमा तपाईको मन धार्मिक कार्यमा लाग्नेछ । विभिन्न क्षेत्रमा गरेको लगानी उठाउने अवसर प्राप्त हुनेछ । कन्या राशिका व्यक्तिहरूले यो साता आफन्त र परिवारको पूर्ण सहयोग प्राप्त गर्नेछन्। परिवार र परिवारसँग सम्बन्धित कुनै पनि ठूला निर्णय लिँदा दाजुभाइ दिदीबहिनीले तपाईलाई पूर्ण साथ दिनेछन् । लामो समयदेखिको समस्याको समाधान फेला पर्दा तपाईले ठूलो राहत महसुस गर्नुपर्छ। साताको मध्यमा वरिष्ठ व्यक्तिसँग भेटघाट हुनेछ, जसबाट तपाईले आफ्नो सपना पूरा गर्न ठूलो कदम अवसर मिल्नेछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
तुला राशिका व्यक्तिहरूले यो साता विवादबाट टाढा रहन पर्ने हुन्छ, अन्यथा धन र इज्जत दुवै गुम्न सक्छ। कार्यस्थलमा कामको बोझ अलिकति बढ्न सक्छ र गोप्य शत्रुहरूले तपाईंलाई हानि पुर्याउने प्रयास गर्न सक्छन्। यद्यपि धैर्य र विवेक प्रयोग गर्नु भएमा सानातिना अड्चनहरूको बावजुद, तपाईंको व्यवसाय सुचारु रूपमा चल्नेछ। तर आर्थिक समस्याको समाधान खोज्नका लागी यो साता आम्दानीका थप स्रोतहरूमा विशेष ध्यान दिनु पर्नेछ । प्रेम सम्बन्ध सामान्य रहनेछ। प्रेमसाथीसँग समय बिताउने अवसर मिल्नेछ। दाम्पत्य जीवनमा सुख र सद्भाव बढ्नेछ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
वृश्चिक राशिका लागी यो साता नयाँ अवसर जुट्ने छ । साताको प्रारम्भमा करियर–व्यवसायमा केही शुभ समाचार सुन्न पाइनेछ । लामो समयदेखि बेरोजगार रहेकाले रोजगारी पाउन सक्नेछन् । व्यापार व्यवसायमा राम्रो लाभ हुने सम्भावना छ । अचानक ठुलो हानि हुन सक्छ । वरिष्ठ व्यक्तिको उपस्थितिमा सम्पत्ति सम्वन्धि विवाद समाधान हुनेछ। आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। परीक्षा-प्रतियोगिताको तयारीमा जुटेकाले केही खुसीको खबर सुन्न पाइनेछ। साताको अन्त्यमा सन्तान पक्षबाट केही शुभ समाचार सुन्न सकिनेछ। प्रेम सम्बन्ध विवाहमा परिणत हुन सक्छ। दाम्पत्य जीवन सुखमय रहनेछ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
धनु राशि हुनेहरुका लागी यो साता सुख र सौभाग्यले भरिएको छ । यो साता असल साथीभाइसँग खुसी मनाउने अवसर मिल्नेछ। तपाई परिवारसँग लामो वा छोटो दूरीको यात्रामा पनि जान सक्नुहुन्छ। कार्यस्थलमा मान सम्मान बढ्नेछ । वरिष्ठहरूले तपाईको कामको प्रशंसा गर्नेछन्। बजारमा अड्किएको पैसा प्राप्त हुँदा व्यवसायी गर्नेहरु निकै राहत महसुस गर्नेछन् । जग्गा तथा भवनको खरिदबिक्री सम्बन्धी ठूलो निर्णय लिन सकिनेछ । प्रेम सम्बन्ध बलियो हुनेछ र आपसी विश्वास बढ्नेछ। जीवनसाथीसँग राम्रो पल बिताउने अवसर मिल्नेछ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
मकर राशिको लागी यो साता मध्यम फलदाही रहेको छ । यो सातामा अचानक ठुलो खर्च हुनाले बजेटमा बाधा आउन सक्छ । घरका ज्येष्ठ सदस्यको बारेमा मन चिन्तित रहनेछ। सम्पत्ति सम्बन्धी मामिलामा अनावश्यक दौडधुप हुन सक्छ। आफन्त तथा साथी भाइसँग विवाद हुँदा मन खिन्न हुनेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
कुम्भ राशिका लागी यो साता निकै राहत दिन सक्छ । साताको प्रारम्भमा लामो समयदेखि चलिरहेको समस्या समाधान हुँदा धेरै राहतको अनुभूति हुनेछ। तपाईको मिहिनेतले महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ। यो साता तपाई आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ र तपाईको व्यक्तित्व प्रस्ट हुनेछ। साताको मध्यमा केही शुभ कार्यमा संलग्न हुने सम्भावना छ । आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। साताको उत्तरार्धमा घरमा प्रिय सदस्यको आगमनले परिवारमा खुशीको वातावरण रहनेछ। यस अवधिमा पुरानो साथीसँग पनि भेटघाट हुनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउने र दाम्पत्य जीवनमा मधुरता रहनेछ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
मीन राशिका यो साता नजिकको लाभ हुने लोभमा टाढाको हानिबाट जोगिनु पर्छ। कुनै पनि योजना वा व्यवसायमा ठूलो धनराशि लगानी गर्नुअघि शुभचिन्तकहरूको सल्लाह लिनु उचित हुनेछ। यो साता कार्यस्थलमा हाकिमको व्यवहार कहिले नरम त कहिले तितो रहनेछ। यद्यपि कार्यस्थलमा ठुलाको सल्लाह लिनु राम्रो हुनेछ। यस अवधिमा तपाईले आफ्नो करियरलाई अगाडि बढाउने अवसरहरू प्राप्त गर्नुहुनेछ। यस सातामा जीवन साथीको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला ।