आज कार्तिक २२ गते सोमबार, कस्तो रहला तपाईको दिन , हेर्नुहोस् राशिफल !

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

तपाईको दिन फलदायी रहला। तपाई अस्वस्थ र चिन्तित महसुस गर्नुहुनेछ। शरीरमा थकान र आलस्य र अशान्ति अनुभव हुनेछ। तपाई थोरै क्रोधित रहनुहुनेछ। धार्मिक यात्राको आयोजना हुनेछ । तपाईले गरेको प्रयास गलत दिशामा हुनसक्छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

कुनै पनि नयाँ कामको थालनी नगर्नुहोला।  तपाईको स्वास्थ्य बिग्रन सक्छ। खानपिन्मा विशेष ध्यान दिनुहोला। शारीरिक रूपमा थकान र मानसिक रूपमा अशान्त महसुस गर्नुहुनेछ। कार्यालयमा कामको बोझले थप थकान महसुस हुनेछ। यात्रा लाभदायक हुनेछैन।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

तपाईको दिन आनन्दमा बित्नेछ। विपरीत लिङ्गीय व्यक्तिसँग भेटघाट हुनेछ। साथीभाइ र प्रियजनसँग दिन मनोरंजनमा बित्नेछ। नयाँ लुगा किन्न तथा लगाउन अवसर मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ। सामाजिक प्रतिष्ठा र कीर्ति मिल्नेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

तपाईको दिन शुभ रहनेछ। घरमा सुख-शान्तिको वातावरण रहनेछ र सुखमय घटना बन्नेछ। जुनसुकै काममा सफलता मिल्नेछ । स्वास्थ्य राम्रो रहला। परिवारको सदस्यसँग आनन्दमा समय बित्नेछ। महिला साथीभाइसँगको भेटघाटले मन प्रसन्न रहनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

तपाईको दिन सुखद रहनेछ। तपाई अधिक कल्पनाशील हुनुहुनेछ। प्रियजनसँगको भेट फलदायी रहनेछ। फलस्वरूप दिनभर मन प्रसन्न रहनेछ। सन्तानको प्रगतिको समाचार प्राप्त हुनेछ । साथीभाइसँग भेटघाट हुनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

तपाईको दिन राम्रो नरहला। शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछैन। धेरै समस्याले मन अशान्त हुनेछ। उत्साहको कमी रहनेछ । आफन्तसँग मनमुटाव हुनेछ। आमाको स्वास्थ्यको चिन्ता रहनेछ। अनावश्यक रुपमा धन खर्च हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

तपाईको दिन शुभ रहला । दाजुभाइसँग सुमधुर सम्बन्ध रहनेछ र घरायसी प्रश्नसँग बसेर छलफल हुनेछ । धार्मिक स्थलको भ्रमणमा सफलता मिल्नेछ । धन लाभको योग छ। विदेशबाट शुभ समाचार आउनेछ । व्यवहारिक कारणले यात्रा गर्न सकिनेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

अनावश्यक खर्च होला । घरपरिवारमा झगडा नहोस् भन्ने कुरामा विशेष ध्यान दिनुहोला । परिवारको सदस्यबीच असमझदारीबाट टाढा रहनुहोला । शारीरिक समस्याको साथै मनमा अप”-राधी भावना रहनेछ। नकारात्मक सोच नराख्नुहोला।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

धार्मिक यात्रा हुनेछ। तोकिएका काम पूरा गर्न सकिनेछ। शारीरिक तथा मानसिक स्वास्थ्य स्वस्थ रहनेछ। मनमा उर्जा र खुशी रहनेछ। परिवारमा शुभ घटना हुनेछन्। प्रियजनसँगको भेटले मन प्रसन्न रहनेछ। सामाजिक रुपमा तपाईको मान प्रतिष्ठा बढ्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

धार्मिक तथा अध्यात्मिक कार्यमा रुचीको कारण कार्यमा व्यस्तता बढ्नेछ। खर्च पनि बढ्नेछ । अदालतसँग सम्बन्धित कामहरू हुनेछन्। व्यापार व्यवसायमा बाधा आउनेछ । प्रियजनको प्रतिष्ठामा हानि हुनेछ। शारीरिक उर्जा र मानसिक सुखमा कमी आउनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

तपाईको दिन लाभदायी रहला। व्यवसायिक क्षेत्रमा दिन लाभदायक छ । साथीभाइसँगको भेटघाटले मन प्रसन्न रहनेछ। नयाँ कामको थालनी गर्दा फाइदा हुनेछ। विवाह गर्न चाहनेहरूको लागि विवाह सम्बन्धित कार्यक्रमहरू आयोजना गर्न सकिन्छ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

तपाईको दिन अत्यन्त शुभ र फलदायी रहला। तपाईको काममा सफलता मिल्नेछ। व्यापार व्यवसायमा उन्नति र सफलता मिल्नेछ । बुबा र ठूलाबाट लाभ मिल्नेछ। लक्ष्मीदेवीको आशीर्वाद मिल्नेछ। परिवारमा खुशीको वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ।

प्रकाशित : आइतबार, कार्तिक २१, २०७८१७:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि कार्तिक २२ गते सोमबार : कस्तो रहला तपाईको दिन ! हेर्नुहोस् राशिफल !