एजेन्सी : अभिनेत्री मौनी रोयले आफ्नो लेटेस्ट तस्बिर फ्यान्स माझ इन्स्टाग्राममा शेयर गरेकी छिन्। जुन तस्बिर सामाजिक सञ्जालमा केही क्षणमै भाइरल भएका छन्।
मौनी रोयले रातो रङ्गको सेटिन हाई स्लिट ड्रेसमा आफ्नो लेटेस्ट लुक फ्यान्स माझ शेयर गरेकी हुन्। नेटिजन्सले उनको लुकलाई हेलोविन लुक पनि मानेका छन्।
मौनीले आफ्नो यस लुकलाई ब्ल्याक बुट्स र ब्ल्याक साइड ब्यागसँग टिमअप गरेकी छिन्।
यसको साथै मौनी रोयको यो ड्रेस स्ट्रापलेस हो, जसले गर्दा अझ आकर्षक देखिएको छ।
मौनी रोय प्राय: आफ्नो लुक्स र स्टाइलको कारण चर्चामा रहन्छिन्। यद्यपि पहिल्यै मौनी यस्तो बिल्कुलै थिईनन्। मौनीका ट्रान्सफर्मेशनका थुप्रै तस्बिरहरु सार्वजनिक भएका छन्। सञ्चारमाध्यमहरुका अनुसार मौनी आउँदो वर्ष २०२२ को जनवरीमा आफ्नो बाल्यकालको साथीसँग वैवाहिक बन्धनमा बाँधिन्दै छिन्।
शानदार टेलिभिजन करियरको बीच मौनीले बलिउडमा कदम राखिन् र बलिउडमा उनले अक्षय कुमारको फिल्म ‘गोल्ड’ मा ब्रेक पाईन्। यहीँ फिल्मबाट मौनीले बलिउडमा पाइला राखेकी थिईन्।
मौनी रोयको ट्रान्सफर्मेसन हेर्दा साफ देखिन्छ कि उनले वर्कआउट, डाइट र सर्जरीको मद्दतले आफ्नो लुक र शारीरिक बनावट बदलेकी हुन्।
कलेजको दिनमा मौनी एक शानदार डान्सर थिईन्। यति मात्र हैन दिल्लीमा पढ्दा मौनी एक उत्कृष्ट कोरियोग्राफर पनि बनिन्।
मौनी रोयले १२ सम्मको पढाई बंगालबाट गरेकी थिईन्। त्यसपछि उनी ग्राजुयसनको लागि दिल्ली आएकी थिईन्।