शाहरुख खानले यी अभिनेत्रीसँग बेड सीन गरेर मच्चाएका थिए तहल्का

बलिउडका चिर्चित अभिनेता शाहरुख खान अहिलेको समयमा सबैको मनमा राजा गर्न सफल छन् । अभिनेताको अहिलेको समयमा विभिन्न देशमा फ्यान फलोइंग रहेका छन् । आफ्नो अभिनयले उनले चलचित्र क्षेत्रमा ठूलो स्थान बनाएका छन् । आज उनको नामका फिल्महरू बक्स अफिसमा सुपरहिट हुन्छन् । तर उनको यात्रा सहज थिएन । कुनै फिल्मी पृष्ठभूमि बिना नै यो चरणमा पुग्नुमा उनको मिहिनेत र समर्पण ठुलो रहेको छ ।

शाहरुख खान विगत तीस वर्षदेखि बलिउडमा राज गर्दै आएका छन् । उनले सन १९९२ मा फिल्म दीवानाबाट आफ्नो करियर सुरु गरेका थिए । त्यसपछि उनले धेरै सुपर हिट फिल्ममा काम गरे । तर सुरुमा उनले केही यस्ता फिल्ममा अभिनय पनि गरे, जसलाई उनी आफैले सम्झन चाहेनन् । जसमध्ये एउटा फिल्म हो– ‘माया मेमसाब’ । सन १९९३ मा रिलिज भएको यो फिल्मका कारण शाहरुख खानलाई निकै कष्ट सहनु परेको थियो।

वास्तवमा ‘माया मेमसाब’ मा शाहरुख खानसँग दीपा साही मुख्य भूमिकामा थिइन् । यो फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भयो । तर फिल्म फ्लप हुनुभन्दा पनि शाहरुख खान र दीपा साहीबीच खिचेको बेड सिनको चर्चा भयो । फिल्ममा दुवैको बो-ल्ड दृश्यको सर्वत्र चर्चा भएको थियो । एक पत्रकारले पनि यी दुवैको बारेमा अवास्तविक समाचार छापेको थियो । जसका कारण शाहरुख खान आक्रोशित भएका थिए ।

माया मेमसाबको कथा एउटी महिलामा आधारित थियो । जुन महिला आफ्नी वैवाहिक जीवनबाट दिक्क भएर अन्य व्यक्तिसँग पनि सम्बन्ध राख्छिन्। र अन्तमा ती महिनाको मृत्यु हुन्छ । तर शाहरुख खानाको यस फिल्मले मानिस हरुको मनमा खास स्थान बनाउन सकेन । त्यति बेला मानिसहरूलाई लागेको थियो कि शाहरुखको करियर धेरै दिन टिक्दैन तर त्यसपछि बाजीगर र डर जस्ता फिल्म दिएर उनले आफू लामो रेसको घोडा भएको बताए ।

प्रकाशित : बुधबार, कार्तिक १७, २०७८११:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अब हुँदा-हुँदा नायक अनमोलले एउटा फिल्म खेलेको ५० देखी ७० लाख अरे, प्रकाश सुवेदी !