नेपाली फिल्म ‘लुट’ ले आफू जस्तो मान्छे पनि हिरो बन्न सक्ने उदाहरण दियो: दीपक राज गिरी

चर्चित हास्यक लाकार दिपक राजा गिरीले एक अन्तर्वार्ता दिने क्रममा पछिल्लो केही वर्ष पहिले आएको फिल्म लुटले आफूजस्तो मान्छेलाई पनि हिरो बन्ने अवसर दिएको बताएका छन् ।

चर्चित हास्य कलाकार दिपक राज गिरीले एक अन्तर्वार्ता दिने क्रममा पछिल्लो समयमा आएको चिर्चित तथा सुपर हिट फिल्म ‘लुट’ गर्दा आफूजस्तो कलाकार पनि हिरो बन्न पाएकोमा खुसी व्यक्त गरेका छन् । दिपकले भनेका छन् कि हिरो बन्नको लागी राजेश हमालको जस्तो जिउडाल हुनु पर्यो की आर्यन सिक्देल जस्तो रुप हुनु पर्यो भनेका छन् । त्यसै क्रममा दिपकले फिल्म ‘लुट’ नेपाली फिल्म क्षेत्रको धार नै परिवर्तन भएको बताएका छन् ।


कलाकार तथा फिल्म निर्देशक निश्चल र दिपक एक साथ देखिएको एक अन्तर्वार्तामा दिपकले भनेका छन् ‘यदि ‘लुट’ फिल्म नआएको भए ‘छक्क पञ्जा’ जस्तो फिल्मले दर्शकको मनमा स्थान पाउन मुस्किल हुन्थ्यो तथा त्यस्तो फिल्म नबन्न सक्थ्यो । फिल्म ‘लुट’ ले नेपाली फिल्ममा रहेको परम्परागत शैलीलाई विस्थापित गर्न ठुलो भूमिका खेलेको छ ।’

साथै दिपकले भने ‘सायद ‘लुट’ फिल्म नआएको भए आफूजस्तो मान्छे हिरो बन्ने सम्भावना नरेहेको र लुट फिल्मको कारण आफूजस्तो मान्छे पनि मुख्य भूमिकामा देखिने आट गर्न सकेको उनले बताएका छन् । त्यसै क्रममा कलाकार दिपकले निर्देशक निश्चल बस्नेत सँग सहकार्य गरेर ढिलो चाँडो भए पनि फिल्म बनाउन सक्ने कुरा व्यक्त गरेका छन् । कोरोना भाइरसको कारण झन्डै २ वर्ष देखि थलिएको नेपाली चलचित्र अहिलेको समयमा बिस्तारै चलायमान हुन थालेको छ ।

प्रकाशित : सोमबार, कार्तिक १५, २०७८१७:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जब एक महिलाले सबैको अगाडी अभिनेत्री कट्रिनाको बेइज्जत हुने यस्ता कुरा गरिन्, त्यस पछि….