‘बन्टी और बबली २’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा बन्टी र बबलीको नयाँ जोडी देख्न सकिन्छ । सैफ अली खान, रानी मुखर्जीसँगै सिद्धान्त चतुर्वेदी पनि देखिनेछन् । यो फिल्मबाट शरवरी वाघ पनि डेब्यु गर्दैछिन्, जुन यति बेला निकै चर्चामा छ । सिद्धान्त चतुर्वेदीसँग उनको जोडी हेर्न पनि मानिसहरु आतुर छन् । दुवैको धेरै सुन्दर तस्विरहरु एकसाथ बाहिर आएका छन् । तपाईले पनि हेर्नुहोस यी तस्विरहरु…
शरवरी वाघ ‘बन्टी और बबली २’ मा नयाँ बबली बनेकी छिन् । ओटीटी फिल्मबाट डेब्यु गरेकी अभिनेत्री शरवरी वाघ अहिले नाम चलेको ठुलो अभिनेत्री नभए पनि उनको सुन्दरताले मानिसहरुको बिचमा निकै चर्चा पाइरहेको छ ।
सिद्धान्त चतुर्वेदी ‘बन्टी’ को भूमिकामा देखिनेछन् । सिद्धान्त र शरवरीको जोडीले निकैन चर्चा पाउने छ । अहिले शरवरी वाघ र सिद्धान्त चतुर्वेदीका धेरै तस्विर भाइरल भइरहेका छन् ।
यी तस्विरहरूमा शरवरी वाघ र सिद्धान्त चतुर्वेदी निकै बो-ल्ड स्टाइलमा देखिएका छन् । यसबाट दुवैको केमेस्ट्रीबारे मानिसहरूले अनुमान लगाउन सक्छन्।
सिद्धान्त चतुर्वेदी र शरवरी वाघ दुबैले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा यी तस्विरहरू सेयर गरेका छन्। सिद्धान्त चतुर्वेदी र शर्वरी वाघको स्टाइललाई फ्यानले मन पराइरहेका छन् ।