माधुरी-सुष्मितादेखि कंगना-रानीसम्म : पुरुषलाई चुनौती दिँदै चुरोट सेवन गर्छन् यी अभिनेत्री

एजेन्सी : पर्दामा तपाईले अभिनेताहरुसँग अभिनेत्रीहरुले चुरोट सेवन गरेको देख्नुभएकै होला। यद्यपि तपाईलाई यस्ता अभिनेत्रीहरुका बारेमा कमै थाहा होला जो वास्तविक जीवनमा पनि चुरोट पिउँछन्।

कंगना रनौत(Kangana Ranaut) : –

कंगना रनौत हिन्दी सिनेमा जगतको एक प्रतिभाशाली अभिनेत्री हुन्। उनी कुनै पनि मुद्दामा बोल्न हिच्किचाउदिनन्। तर धेरैजसो फ्यान्सलाई यो सुनेर अचम्म लाग्ला कि कंगना चुरोट पिउँछिन्। उनको भनाई अनुसार उनी आफूलाई तनावमुक्त बनाउन चुरोट पिउँछिन्। धेरैवर्ष अघि देखि कंगनाले चुरोट पिउँदै आएकी छिन्।

कोन्कणा सेन शर्मा(Konkona Sen Sharma) : –

थुप्रै फिल्महरुमा देखा परिसकेकी अभिनेत्री कोन्कणा सेन शर्मा पनि धूमपान गर्छिन्। कोन्कणाले गर्भावस्थामा धूमपान गरेको कारण अस्पताल भर्ना गर्नु परेको थियो। यसको बाबजूद पनि उनले चुरोट सेवन गर्न छाडिनन्। अझैँ पनि उनी धूमपान गर्छिन्।

रानी मुखर्जी(Rani Mukerji) : –

हिन्दी सिनेमाको लोकप्रिय अभिनेत्री रानी मुखर्जी पनि यस सूचीमा सामेल छिन्। ४३ वर्षीय रानी अहिले पनि धूमपान गर्छिन्। धूमपान बिना उनलाई दिन काट्न कठिनाई हुने उनी स्वयमले खुलाएकी थिईन्। धेरैपटक उनले आफूलाई यस कुलतबाट छुटाउने प्रयास नगरेकी हैनन्।

माहि गिल(Mahie Gill) : –

४५ वर्ष पुगिसकेकी सुन्दर अभिनेत्री माहि गिल पर्दामा धेरैपटक चुरोट पिउँदै गरेको अवस्थामा देखा परेकी छिन्। वास्तविक जीवनमा पनि उनी चुरोट पिउँछिन्।

सुष्मिता सेन(Sushmita Sen) : –

सुस्मिता सेनले हिन्दी सिनेमामा आफ्नो प्रतिभा र सुन्दरताले राम्रो नाम कमाएकी छिन्। सन् १९९४ मा मिस युनिभर्सको ताज जितेकी सुस्मिताले पर्दामा चुरोट पिउनुको साथै वास्तविक जीवनमा पनि चुरोट पिउने गर्छिन्।

माधुरी दीक्षित(Madhuri Dixit) : –

माधुरी दीक्षितको नाम यस सूचीमा देखेर तपाईलाई पक्कै आश्चर्य लाग्यो होला। पछिल्लो ३७ वर्षदेखि हिन्दी सिनेमासँग जोडिएकी माधुरी दीक्षित वास्तविक जीवनमा धूमपान गर्छिन्। ५४ वर्षीय अभिनेत्री माधुरी दीक्षितले पर्दामा पनि चुरोट सेवन गरेकी छिन्।

मनिषा कोइराला(Manisha Koirala) : –

लोकप्रिय अभिनेत्री मनिषा कोइराला आफ्नो विवाहसम्म चुरोट सेवन गर्थिन्। बलिउडका थुप्रै फिल्महरुमा काम गरिसकेकी अभिनेत्री मनिषा कोइरालाले सन् २०१० मा विवाह गरेकी थिईन्। जुन विवाहोत्सवमा उनले पाहुनाहरुसँग बसेर धूमपान गरेकी थिईन्।

माहिरा खान(Mahira Khan) : –

माहिरा खान र अभिनेता रणबीर कपूरको एक तस्बिर खुब भाइरल भएको थियो। जुन तस्बिरमा उनी न्यु योर्क सडकमा आधा रातमा अभिनेता रणबीरसँग चुरोट सेवन गरिरहेकी थिईन्। त्यस्तै माहिरालाई एक अवार्ड शोको ब्याकस्टेजमा पनि सिगरेट तान्दै गरेको अवस्थामा भेटिएको थियो।

प्रकाशित : शनिबार, कार्तिक १३, २०७८१५:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिषेकको यस्तो हर्कतले भड्केकी थिईन् ऐश्वर्या, बेडरुमबाट निकालेकी थिईन् बाहिर