अभिषेकको यस्तो हर्कतले भड्केकी थिईन् ऐश्वर्या, बेडरुमबाट निकालेकी थिईन् बाहिर

एजेन्सी : विश्व सुन्दरी ऐश्वर्या सन् २००७ मा मेगास्टार अमिताभ बच्चनका छोरा अभिनेता अभिषेक बच्चनसँग वैवाहिक बन्धनमा बाँधिएकी थिईन्। विवाह भएको यत्तिका वर्ष भईसके पनि यी दुई एक-अर्कालाई अगाध प्रेम गर्छन्।  ऐश्वर्या र अभिषेकको जोडी मानिसहरुमाझ एकदमै लोकप्रिय छ। विवाहपछि जीवनमा आएका हरेक उतारचढावमा एक-अर्कालाई साथ दिँदै आएका छन्। तर एक पटक अभिषेकको हर्कतको कारण ऐश्वर्या अत्यन्तै डराएकी थिईन् र उनले अभिषेकलाई दुई रात बेडरुममा छिर्न दिएकी थिईनन्। ऐश्वर्याले आफ्नो पति अभिषेकलाई बेडरुमबाट बाहिर निकालेकी थिईन्। जसकारण अभिषेक हलमा सुत्न बाध्य भएका थिए।

खासमा यो कुरा सन् २०१४ को हो। त्यतिबेला अभिषेक आफ्नो कबड्डी टिमको ट्रेनिङको सिलसिलामा चेन्नईको सत्यभामा युनिभर्सिटी गएका थिए। त्यहाँ उनले विश्वविद्यालयका संस्थापक कर्नल जेपीआईआरसँग भेट गरेका थिए। तिनको कार्यालय अत्यन्तै छोटो थियो। तिनको अफिसमा दुई-चार कुर्सी बाहेक एक डेस्क थियो र अरु केही थिएन्।

अभिषेक बच्चनले कर्नल जेपीआईईआरसँग भएका सबै ट्रफी भुईमा राखेको देखे। यो देखेर अभिषेकलाई अचम्म लाग्यो र उनले यसबारे कर्नल जेपीआईआरसँग सोधे। अभिषेकको प्रश्नमा कर्नल जेपीआईआरले जे जवाफ दिए त्यो सुनेर अभिषेक प्रभावित भए। कर्नल जेपीआईआरले यसकारण भुईमा ट्रफी राखेका हुन् कि यस अवार्डको नशा उनको शिरमा नचढोस्।

कर्नल जेपीआईआरको कामबाट प्रभावित भएर अभिषेकले पनि आफ्नो घरमा यस्तै गर्ने सोचे। उनले आफ्नो र ऐश्वर्याको सबै ट्रफी भुईमा सजाएर राखे। उनको सबै कोठा ट्रफीले भरिएको थियो। तर जब ऐश्वर्या कोठामा आइन् तर यो सबै देखेर रिसले आगो भईन्। यसबारेमा अभिषेकले एक अन्तर्वार्तामा भनेका थिए, ‘मैले ऐश्वर्याका सबै ट्रफी भुईमा राख्नुको कारण पनि बताए तर उनी यति रिसाएकी थिईन् कि उनले मलाई सिधैं कोठामा बाहिर निकाल्दिईन्। ऐश्वर्याको रिसको कारण मैले दुई रात कोठा बाहिरको हलमा बिताउनुपरेको थियो।’

प्रकाशित : शनिबार, कार्तिक १३, २०७८१८:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अप्सरा भन्दा कम छैनन् रणवीर सिंहकी दिदी, सुन्दरतामा दीपिकालाई दिन्छिन् टक्कर