एजेन्सी – दक्षिण भारतीय अभिनेता पुनित राजकुमारको निधन भएको छ। कन्नड सुपरस्टार पुनीत राजकुमारको ४६ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो। उनको शुक्रबार दिउँसो निधन भएको बताइएको छ।
जिममा वर्कआउट गरिरहेका बेला उनलाई हृदयघात भएको र बेंगलुरुको विक्रम अस्पतालमा भर्ना गरिएपनि ज्यान बच्न नसकेको भारतीय संचार माध्यमहरुले बताएका छन्।
पुनीत दिवंगत अभिनेता राजकुमारका छोरा थिए उनले चलचित्र क्षेत्रमा बाल कलाकारका रुपमा पाइला चालेका थिए। सन् १९८५ मा उनी फिल्म ‘बेट्टाडा होवू’का लागि उनले त्यसबेला थुप्रै अवार्ड समेत पाएका थिए।