अक्षय कुमार स्टारर फिल्म ‘सूर्यवंशी’ को रिलिज नजिकिँदै गर्दा सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । जसमा अक्षय निर्देशक रोहित शेट्टीलाई गाली गर्दै गरेको देख्न सकिन्छ ।
अक्षय कुमार र कट्रिना कैफ स्टारर फिल्म ‘सूर्यवंशी’ अहिले रिलिजको तयारीमा छ । निर्देशक रोहित शेट्टीको यो फिल्म कोरोनाका कारण धेरै पटक स्थगित भएको छ । तर अब दीपावलीको अवसरमा यो फिल्मले फ्यानहरुको अन्यौलको अन्त्य गर्ने भएको छ । तर के तपाईलाई थाहा छ यो फिल्मको सेटमा अक्षय कुमार र रोहित शेट्टीबीच झगडा भएको थियो ।
यस भिडियोमा सुरुमा कट्रिना कैफको झलक देखिन्छ, उनी मोबाइलमा अक्षय र रोहितबीचको झगडाको समाचार पढिरहेकी छिन् । त्यही क्रममा दुवैबीच झगडा सुरु हुन्छ । दुईबिच झडप हुन्छ । दुबैले पहिले एक अर्काको कलर समात्छन् र त्यसपछि एकअर्कालाई मुक्का प्रहार गर्न थाल्छन्। सम्पूर्ण टोलीले दुईलाई समात्छ र तिनीहरूलाई अलग गर्दछ।
यो भिडियो सन् २०१९ मा सामाजिक सञ्जालमा एक पटक भाइरल भैसकेको थियो । ‘सूर्यवंशी’ को रिलिज मिति नजिकिँदै गर्दा यो भिडियो एक पटक फेरि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तपाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि यो झगडा पछि रोहित र अक्षयले यो सबै मजाक भएको कुरा पनि भनेका थिए र करण जौहरले पनि सामाजिक सञ्जालमा दुवैलाई हास्यास्पद ढङ्गले मिलाउन खोजेका थिए ।