शहनाज देखिइन् दुलहीको अवतारमा, सिद्धार्थको फ्यानले गरे यस्तो प्रश्न !

पञ्जाबकी कट्रिना कैफ र बिग बोस १३ फेम शहनाज गिल बिस्तारै सामान्य जीवन बिताउने प्रयासमा अगाडि बढिरहेकी छिन् । शहनाज आफ्नो निकटतम साथी सिद्धार्थ शुक्लालाई अचानक गुमाउनु पर्दा स्तब्ध भएकी थिइन् तर केही समय ब्रेक लिएपछि शहनाज फेरि सबै काम सम्हाल्दै छिन् । योसँगै शहनाजलाई फ्यानबाट पनि उत्तिकै समर्थन मिलिरहेको छ । हालै सामाजिक सञ्जालमा शहनाजको एउटा भिडियो भाइरल भएको छ जसमा उनी दुलहीको अवतारमा देखिएकी छिन् ।

यो भिडियोमा शहनाज निकै सुन्दर देखिएकी छिन् । फ्यानहरूले पनि उनको तारिफ गरेका छन् तर सामाजिक सञ्जालमा केही प्रयोगकर्ताहरू छन् जसलाई ट्रोल गर्ने बानी छ । यस्तो अवस्थामा धेरै प्रयोगकर्ताले यति बेला शहनाजलाई ट्रोल बनाएका छन् । शहनाजलाइ दुलहीको अवतारमा देखेर उनलाई ट्रोल बनाइरहेका छन् ।

वास्तवमा प्रयोगकर्ताहरू भन्छन् कि सिद्धार्थको मृत्यु भएको केही समय मात्र भएको छ र शहनाज कसरी यसरी खुसी हुन सक्छिन्। धेरै प्रयोगकर्ताहरूले प्रश्न उठाएका छन् कि शहनाजले सिद्धार्थलाई धरै नै माया गर्थिन तर फेरी कसरी सिद्धार्थको निधन भएको छोटो समयमा नै कसरी दुलहीको अवतारमा आउन सक्छिन् ।

शहनाजको यो भाइरल भिडियो पनि निकै पुरानो हो । हाल शहनाज आफ्नो कमेडी फिल्म ‘हौसला रख’ को प्रमोशनमा देखिएकी छिन् । यस फिल्ममा उनको नायक दिलजीत दोसाँझ हुन् । यससँगै केही समय अघि सिद्धार्थ र शहनाजको ह्या-बिट भिडियो पनि रिलिज भएको थियो । जसमा सिद्धार्थलाई अन्तिम पटक देखेर फ्यानहरु निकै भावुक भएका थिए ।

प्रकाशित : बिहिबार, कार्तिक ११, २०७८१४:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउडका यी जोडी कामभन्दा पनि विवाहको विषयले चर्चामा हुने गर्दछन् !