बलिउडका यी जोडी कामभन्दा पनि विवाहको विषयले चर्चामा हुने गर्दछन् !

पछिलो समयमा बलिउडका विभिन्न अभिनेता तथा अभिनेत्री उनीहरुको विवाहको विषयलाई लिएर चर्चामा हुने गरेका छन् । कुनै एक समय थियो जहाँ अभिनेता तथा अभिनेत्रीको विवाह गर्ने उमेर हुन्थ्यो । त्यस्तै बलिउडका दीपिका, करिना, अनुष्का, शाहिद कपुर, वरुण धवन जस्ता शीर्ष कलाकारहरूले आफ्नो करियरको साथै आफ्नो परिवारलाई पनि उचाईमा पुर्याएका छन् । बलिउडमा यति बेला आलिया भट्ट–रणवीर कपूर र कट्रिना कैफ–विक्की कौशलको विवाहको निकै चर्चा भइरहेको छ । दुवै जोडीले डिसेम्बरमा विवाह गर्न सक्ने अनुमान गरिएको छ । यद्यपि उनीहरु मध्ये कसैको पनि बिहे भएको पुष्टि भएको छैन । न त परिवार र नजिकका साथीहरूले यसबारे केही बताएका छन्।

आलियाकी आमा सोनी राजदानले हालै आफ्नी छोरीको बिहेको हल्ला र समाचारको बिचमा भनिन्,  ‘विवाह कहिले हुन्छ थाहा छैन । म पनि कुनै सूचनाको प्रतीक्षामा छु । अझै धेरै समय बाँकी छ । अझै धरै समय बाँकी छ । योसँगै रणवीरका काका रणधीर कपूरले पनि दुवैको विवाहबारे अनभिज्ञता व्यक्त गरेका छन् । उनले रणवीरको विवाहबारे आफूलाई केही थाहा नभएको बताए ।

केही दिन पहिलेबाट अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको विवाहको बारेमा विभिन्न किसिमको समाचार आएका थिए । यति बेला अभिनेत्री कट्रिनाले यी सबै खबर गलत भएको बताएको छिन् । त्यसतै अभिनेत्री तथा डान्सर मलाइका आरोडा र अर्जुन कपूरको विवाहको विषयमा पनि विभिन्न किसिमको खबर आएका छन् भने यस विषयमा कुनै जोडीले पनि आधिकारिक जानकारी दिएका छैनन् ।

प्रकाशित : बिहिबार, कार्तिक ११, २०७८१५:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सिद्धार्थ शुक्लाको निधनपछि पहिलो पटक शहनाजले पोस्ट सेयर गरिन्, लेखिन्- तिमी मेरो हो र…