पहिलो पटक एक साथमा देखिँदै अभिनेता अमिताभ र टाइगर, के हुनेछ यी दुईको भूमिका ?

बलिउडका मेगास्टार अमिताभ बच्चनले आफ्नो लामो फिल्म करियरमा लगभग सबै स्टारसँग काम गरेका छन् । अब चाँडै नै अभिनेता टाइगर श्राफ पनि उनीसँग स्क्रिन सेयर गर्ने खबर आएको छ ।

बलिउड मेगास्टार अमिताभ बच्चनले आफ्नो फिल्मी करियरमा त्यो स्थान हासिल गरेका छन्, जहाँ आज हरेक कलाकार र निर्माता-निर्देशक उनीसँग काम गर्न चाहन्छन्। योसँगै बिग बी पनि लगभग हरेक स्टारसँग पर्दामा देखा परेका छन् । यसै बिच अब खबर आएको छ कि उनी चाँडै टाइगर श्राफसँग स्क्रिन सेयर गर्दैछन् ।


वास्तवमा टाइगर लामो समयदेखि आफ्नो आगामी फिल्म ‘गणपत’को चर्चामा छन् । यस्तो अवस्थामा अब यो फिल्ममा टाइगरको बुवाको भूमिकामा अमिताभ बच्चनलाई कास्ट गर्न चाहेको खबर आएको छ । यस सम्बन्धमा उनीसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ । तर हालसम्म यो समाचारको आधिकारिक पुष्टि भने भएको छैन ।

मिडिया रिपोर्टका अनुसार फिल्ममा टाइगर फेरि एकपटक आफ्नो स्टन्टबाट दर्शकको मन जित्ने देखिएका छन् । यसमा उनी बक्सरको भूमिकामा देखिनेछन् । यी बाहेक फिल्ममा टाइगरको बुवाको भूमिका निर्वाह गर्ने अभिनेतालाई पनि आफ्नो प्रारम्भिक जीवनमा बक्सरको शैलीमा प्रस्तुत गरिने छ । यस्तो अवस्थामा यो पात्रलाई फिल्मको महत्वपूर्ण पाटो मानिएको छ ।


फिल्ममा कृति सेनन मुख्य नायिकाको भूमिकामा देखिनेछिन् । यसको छायांकन इंग्ल्याण्डमा हुनेछ । छयांकन आगामी २ महिनासम्म चल्ने छ । त्यही क्रममा अमिताभ बच्चनसँग कुराकानी चलिरहेको थियो । उनले आगामी फिल्म र अन्य प्रोजेक्टका लागी यिजना बनाइ सकेको भनिएको छ । यसको बाबजुत पनि अमिताभ बच्चनने समय दिएकामा पहिलो पटक अभिनेता अमिताभ र टाइगर हिलो पटक पर्दामा सँगै देखिनेछन् ।

प्रकाशित : बुधबार, कार्तिक १०, २०७८१२:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आमिर खानको नयाँ लुक देखेर छक्क पर्नुहुनेछ तपाई, सार्वजनिक भयो यस्तो तस्बिर!