आमिर खानको नयाँ लुकका केही तस्विरहरु सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । यी तस्विरमा आमिर निकै सुन्दर देखिएका छन् ।
बलिउडका चर्चित अभिनेता आमिर खान यति बेला आफ्नो आगामी फिल्म ‘लाल सिंह चड्ढा’मा व्यस्त छन् । यतिबेला अभिनेता यो फिल्मको प्रचारमा व्यस्त छन् । यसैबीच, आमिर खानको नयाँ लुकका केही तस्विरहरू सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।
भाइरल भइरहेको तस्विरमा आमिर खानको नयाँ लुक देखेर सबै छक्क परेका छन् । यो तस्विर देखेर सामाजिक सञ्जालमा मानिसहरुले आमिरको लुक पहिलेको भन्दा यो पटक नयाँ र स्पेशल भएको चर्चा गरिरहेका छन् । वास्तवमा यो तस्विरमा आमिर खान सेतो दाह्रीमा देखिएका छन् ।
सेतो दाह्री र घरको लुगामा आमिर खान एकदमै सुन्दर देखिन्छन् । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले अभिनेताको यो लुकको तारिफ गरिरहेका छन् भने केहीले अभिनेताको यो नयाँ लुक देखेर ट्रोल गर्न थालेका छन् ।
यो तस्विर सबैभन्दा पहिले इन्स्टाग्राममा चर्चित सेलिब्रेटी फोटोग्राफर विरल भयानीले आफ्नो अकाउन्टबाट सेयर गरेका थिए । यी तस्विरहरूमा आमिर खान आफ्नो कारमा कतै जाँदै गरेको देख्न सकिन्छ । तस्वीरमा आमिर खानले सेतो टी-सर्टको साथ हाफ प्यान्ट लगाएको देख्न सकिन्छ।
भाइरल भइरहेका यी तस्विरहरूमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले फरक फरक टिप्पणी गरिरहेका छन् । इन्स्टाग्राममा एक प्रयोगकर्ताले आमिरको तस्विरमा लेखेका छन्, ‘बर्मुडामा बुद्ध।’ अर्का प्रयोगकर्ताले फोटोमा टिप्पणी गर्दै लेखेका छन् । ‘अभिनेता असहिष्णु भारतमा असुरक्षित महसुस गर्दै हुनुहुन्छ। यति बेला आमिरको यी तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।