हाल बी टाउनमा अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको प्रेम सम्बन्ध सबैलाई थाहा नै छ । दुबैले न त सार्वजनिक रुपमा आफ्नो प्रेम व्यक्त गरेका छन् न त प्रेम गर्न नै राजी छन् । यस्तो अवस्थामा दुवैले अब विवाह गर्ने खबर आएको छ । मिति तय भई तयारी पनि सुरु भएको छ । मिडिया रिपोर्टका अनुसार विक्की कौशल र कट्रिना कैफ डिसेम्बरमा विवाह गर्दैछन्। साथै कट्रिनाले सब्यासाचीको ड्रेस लगाउनेछिन्।
पछिल्लो समयमा भारतीय मिडियाको एक रिपोर्ट अनुसार यसै बर्ष डिसेम्बर महिनामा अभिनेत्री कट्रिना र विक्की कौशल विवाह बन्धनमा बाँधिदै छन्। उनीहरुले आगामी डिसेम्बर महिनामा भारतको राज स्थानको उदयपुरमा विवाह गर्ने योजना बनाएको कुरा यातिबेला सार्वजनिक भएको छ । अहिलेको समयमा अभिनेत्री उनको आगामी फिल्म ‘टाइगर ३’ सुटिंगमा व्यस्त छिन् । फिल्ममा सलमान खान मुख्य भूमिकामा देखिने छन् । यातिबेला अभिनेत्री फिल्म सुटिंगको क्रममा रसिया पुगेकी छिन् ।
अहिले भनिएको कट्रिना र विक्कीको विवाह कत्तिको साचो हो भन्ने अहिले सम्म खुलेको छैन । साथै अभिनेता तथा अभिनेत्रीले सार्वजनिक रुपामा यस कुराको खुला भने गरेका छैनन् । अब हेरौँ यस कुरा कत्तिको साँचो हो र उनिहरु आफ्नो विवाहमा को-को अभिनेता तथा अभिनेत्रीलाई बोलाउछन् ।