कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
व्यापारमा लाभ हुने योग छ। रमणीय स्थलमा घुमफिर हुनेछ । मध्याहनपछि तपाईको शारीरिक र मानसिक स्वास्थ्य बिग्रिनेछ । आँखाको रोगले कष्ट हुन सक्छ। परिवारमा खर्च होला । आमाको स्वास्थ्य चिन्ता बढ्ने छ। आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनु पर्ने समय रहेको छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
शिथिलता र अधिक कार्यभारको कारण मानसिक व्याकुलताको अनुभव हुनेछ। निर्धारित समयमा कार्य पूरा गर्नुहुनेछ। आफ्नो स्वास्थको ध्यान आफै गर्नुहोला। अन्यथा स्वास्थ्यमा समस्या आउन सक्छ । यात्रामा विघ्न आउने सम्भावना छ। नयाँ कार्यको सुरुवातको लागि दिनको उत्साहमय रहला।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
तपाईमा शारीरिक स्फूर्ति र मानसिक प्रफुल्लिता बनिरहनेछ। खानपिनमा ध्यान दिनुहोला । शारीरिक शिथिलता र मानसिक व्यग्रता अनुभव हुनेछ। कार्य अपूर्ण रहन सक्छ। यात्रामा विघ्न आउन सक्छ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
विद्यार्थी, कलाकार र खेलाडीका लागी दिन राम्रो भेया पनि स्वास्थ्यमा अचानक समस्या आउन सक्छ । पिता तथा सरकारको तर्फबाट लाभ होला । तपाईको मनोबल बलियो रहनेछ। पाचन प्रणाली बिग्रन सक्ला। पढाइ लेखाइमा रुचि बढ्नेछ। पैसा सम्बन्धी व्यवस्थित घटनाहरू आयोजना गर्न सक्षम हुनुहुनेछ।