अक्टोबर महिनाको अन्तिम समय चलिरहेको छ। केहि दिनमै नोभेम्बर महिना शुरु हुनेछ। अन्य महिना झैं नोभेम्बर महिनामा ग्रहचक्रमा विभिन्न परिवर्तन हुनेछन्। महिनाभर हुने विभिन्न ग्रहको राशि परिवर्तनले हरेक राशिमा भिन्न-भिन्न प्रभाव पर्नेछ।
ज्योतिष शास्त्रका अनुसार ग्रहचक्रमा हुनेव परिवर्तनले नै एक व्यक्तिको कुण्डलीमा प्रभाव पार्छ। नोभेम्बर महिनाभर मूख्य तीन ग्रहले राशि परिवर्तन गर्ने ज्योतिषीहरु बताउँछन् । कुन ग्रहको राशि परिवर्तन कहिले छ ? हेर्नुहोस् केहि जानकारी –
ग्रहचक्रमा महिनाभर केके परिवर्तन हुन्छन् ?
सूर्य
सूर्यको राशि परिवर्तन हरेक महिना हुने गर्छ। सूर्यको राशि परिवर्तनकै आधारमा हिन्दु महिना(वैशाख-चैत) निर्धारण हुने गर्छ। सूर्यले एक राशिबाट अर्को राशिमा प्रवेश गरेसँगै नयाँ महिना लागेको मान्ने चलन छ। सूर्यको राशि परिवर्तन नोभेम्बर महिनाको १६ तारिखमा परेको छ। नोभेम्बर १६ बिहान १ बजेर ३३ मिनेट पश्चात सूर्य तुला राशि छाडेर वृश्चिक राशिमा प्रवेश गर्नेछ ।
बुध
कुण्डलीमा बुधको उपस्थितले मानिसहरुलाई विद्वान बनाउँछ। नोभेम्बर महिनामा सबै भन्दा पहिला बुधको राशि परिवर्तन परेको छ । बुध नोभेम्बर २ मा कन्याबाट तुलामा मार्गी हुनेछ । बुध त्यस नोभेम्बर २१ अगस्त सम्म रहनेछ । २१ नोभेम्बर बुधले पुनः राशि परिवर्तन गर्नेछ । त्यस दिन पश्चात बुध वृश्चिक राशिमा रहनेछ।
बृहस्पति
ज्योतिष शास्त्र अनुसार बृहस्पति ग्रहलाई शुभ ग्रह मान्ने गरिन्छ। यो वृद्धि, ज्ञान, प्रचुरता र उदार भावको कारक ग्रह समेत हो। ज्योतिष शास्त्रका अनुसार बृहस्पति ग्रहले धनु र मिन राशीमा अधिपत्य जमाउने गर्दछ। जसको प्रभाव ब्यक्तिको वैवाहिक जीवनमा समेत पर्ने र धन सम्पतिमा वृद्धि समेत हुन्छ। यस ग्रहको निभेम्बर महिनामा राशि परिवर्तन परेको छ। निभेम्बर २१ को बिहान २ बजेर २१ मिनेटमा बृहस्पति मकरबाट कुम्भमा मार्गी हुनेछ।
मेष राशि
नोभेम्बर महिना मेष राशि हुनेहरुका लागि धेरै विशेष सावित हुने देखिन्छ। महिनाभर आत्मविश्वास उच्च रहनेछ। शुभचिन्तकहरूबाट आर्थिक सहयाेग जुट्नाले आँटेकाे कामले पूरा हुनेछन्। नयाँ कार्य थालनीमा परिवारको पनि साथ रहनेछ। ईर्ष्या गर्नेहरू आफैं भाग्नेछन्। भविष्यलाई फाइदा पुग्ने कार्यको शुरुवात हुनेछ। महिनाभर स्वास्थ्य पनि राम्रै रहने देखिन्छ। विद्यार्थी तथा खेलाडीहरुका लागि समेत महिना सुखद रहनेछ ।
मिथुन राशि
गएका महिनाहरु देखि चलिरहेका समस्या देखि छुटकारा मिल्नेछ। महिनाको शुरुवातमै यात्राको अवसर मिल्न सक्ला। व्यवसायिक यात्रा सफल हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। रोजगारीको क्षेत्रमा पनि उल्लेख्य सफलता मिल्न सक्ला। कानुनी रुपमा रहेका समस्या देखि छुटकारा मिल्नेछ भने सरकारी क्षेत्रबाट पूर्ण सहयोग मिल्नेछ। विशिष्ट व्यक्तिहरूसँगको मित्रताले महत्वपूर्ण कार्य सफल हुनेछ। महिनाभर स्वास्थ्य पनि राम्रै रहला।
कन्या राशि
नोभेम्बर महिना कन्या राशि हुनेहरुका लागि पनि धेरै सुखद रहनेछ। महिनाको शुरुवातमै पदोन्नतीको योग देखिन्छ। चुनौतीपूर्ण जिम्मेवारी सहजै वहाँ गर्न सकिनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। महिनाको मध्यमा बहुमूल्य उपहार प्राप्त हुनेछ। प्रेमि-प्रेमिकासंगको सम्बन्ध प्रगाढ बन्दै जानेछ। भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम गर्न सकिनेछ। महिनाको अन्त्यमा ठूलो प्रतिष्पर्धामा सहभागी हुने मौका मिल्नेछ। कृषिकर्म गर्नेहरुका लागि पनि महिना सुखद रहने देखिन्छ।
मकर राशि
नोभेम्बर महिना मकर राशि हुनेहरुका लागि धेरै नै सुखद रहनेछ। महिनाको शुरुवात देखि अन्त्य सम्म आर्थिक लाभ मिल्नेछ। व्यवसायमा उल्लेख्य प्रगति हुँदा जग्गा-जमिन जोड्ने अवसर जुर्नेछ। बहुमूल्य गर-गहना पनि जोड्न सकिएला। पैत्रिक सम्पत्तिबाट पनि लाभ हुने देखिन्छ। विद्यार्थीहरुका लागि महिना धेरै शुभ मान्न सकिन्छ। सामाजिक कार्यमा रुची बढ्नेछ भने मान सम्मान मिल्ने पनि देखिन्छ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका मिल्न सक्ला।