अहिलेको समयमा सामाजिक सञ्जाल टिकटक निकै नै लोकप्रिय भएको छ । पछिल्लो समयमा टिकटकको माध्यमबाट धरै कलाकार तथा मोडलको आगमन भएको छ । त्यसतै पछिल्लो समयमा विभिन्न म्युजिक भिडियो मार्फत चर्चामा आउन सफल गरिमा शर्मा अहिलेको समयमा युवा पुस्ताको रोजाई बन्न सफल भएकी छिन् ।
केही समय पहिले गरिमा र गायक दुर्गेश थापाले सामाजिक सञ्जालमा लाइभ आएर गरेको संवादले निकै भाइरल भएको थियो । त्यस समयमा गरिमालाई विभिन्न समस्याको समान गर्न परेको थियो ।
गरिमा विभिन्न कारणले चर्चामा आउने गरेकी छिन् । केही समय पहिले गरिमा र अभिनेता पल शाह बिचमा प्रेम सम्बन्धको चर्चा चलेको थियो तर दुवैले यस कुरालाई अस्विकार गरेका थिए र भनेका थिए उनीहरु मिल्ने साथी मात्र हुन् ।
त्यसतै पछिल्लो समयम गरिमा सामाजिक सञ्जालमा निकै सक्रिय हुन थालेकी छिन् । उनी सामाजिक सञ्जाल इन्स्टाग्राममा उनको विभिन्न तस्बिरहरु पोस्ट गर्ने गरेकी छिन् ।
यति बेला उनको सामाजिक सञ्जाल इन्स्टाग्राममा ३३ हजार भन्दा बढी फलोअर्स रहेका छन् । यति बेला सामाजिक सञ्जाल हरुमा गरिमाको अभिनय र सुन्दरताको निकै प्रशंसा हुने गरेको पाउन सकिन्छ ।
तस्बिर स्रोत: गरिमा शर्मा इन्स्टाग्राम