पछिल्लो समयमा नेपाली गयान क्षेत्रको चर्चित गायिका इन्दिरा जोशीले उनको प्रेमी शरद केडियासंग एक तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । गायन क्षेत्रको चर्चित गायिका इन्दिरा जोशी गायनको साथै नेपाल आइडलको जजबाट झनै चर्चामा आएको छिन् । पछील्लो समय उनले धरै चर्चित गीतहरु गाइसकेकी छिन् । यति बेला इन्दिरा नयाँ गायन रियालिटी शो ‘सा रे ग म प लिटिल च्याम्प’ मा जजको भूमिकामा देखिएकी छिन् । पछिल्लो समयमा उनको चर्चित गितहरु सानु माया आउन वोर, उध्रेको चोली, उकालीमा जाँदा, बेहुली जस्ता चर्चित गीतहरु छन्।
केहि समय पहिले गायिका इन्दिराले सामाजिक सञ्जालमा प्रेमीको साथमा केहि तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिर सार्वजनिक गर्दै इन्दिराले क्याप्सनमा लेखिएकी छिन् । ‘मेरो अँगालो तिम्रो लागी, तिम्रो अँगालो मेरो घर …’ लेख्दै प्रेमी शरद केडियासँगको तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । साथै तस्बिरमा अहिले फ्यानहरुको सकारात्मक तथा नकारात्मक दुवै किसिमको कमेन्ट आइरहेको छ ।
जहिलेबाट इन्दिरा नेपाल आइडलमा आइन तब बाट उनको चर्चा झनै बढेको छ । अहिले इन्दिराको सामाजिक सञ्जाल इन्स्टाग्राममा ४ लाख ५० हजार भन्दा बढी फलोअर्स छन् ।
इन्दिराले थुप्रै स्टेज शो पनि गरेको छिन् । उनको गायनलाइ मानिषहरु निकै रुचाउने गरेको पाउन सकिन्छ।
इन्दिराको गायनको साथै उनको शुन्दर्ताको पनि निकै चर्चा हुने गरेको छ ।
इन्दिरा गायनमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । जब उनको तस्बिर सामाजिक सञ्जालहरुमा आउछ भाइरल हुन् कत्ति पनि समय लाग्दैन ।
अहिलेको युवा पुस्ताको ढुकढुकी इन्दिरा यति बेला गायन रियालिट शो ‘सा रे ग म पा’ मा वेस्त छिन् ।
तस्बिर स्रोत: इन्दिरा जोशी इन्स्टाग्राम