ड्रग्स केस: आर्यन पछि बलिउड अभिनेत्री अनन्या पाण्डेको घरमा एनसीबीले मार्यो छापा !

पछिल्लो केही समय देखी बलिउड अभिनेता शाहरुख खानको छोरा आर्यन खान पुलिस हिरासतमा छन् । यति बेला उनले ड्रग्स लिने गरेको कुरा स्वीकार गरेका छन् । अहिले आर्यन र उनीसँग विभिन्न मध्यमबाट जोडिएका विषयमा अनुसन्धान भैरहेको छ ।


केही दिन पहिले भारतीय मिडियाहरुले ड्रग्सको मामलाम बलिउडमा उदाउँदै गरेको अभिनेत्री पनि रहेको खुलासा गरेको थियो तर नाम भने सार्वजनिक गरेको थिएन । अहिले बलिउड नायिका अनन्या पाण्डेको घरमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले अचानक छापा मारेको भारतीय सञ्चार मध्यमले जनाएको छ ।

अहिले भारतीय मिडियाबाट प्राप्त भएको सूचना अनुसार क्रुज ड्रग्स पार्टी केसमा आर्यन बलिउडकी नायिका अनन्या पाण्डेको नाम पनि जोडिएको छ । यस केशमा रिपोर्टको अनुसार आर्यन र अनन्या बिचमा ड्रग्सको विषयमा भएको च्याट सार्वजनिक भएको छ । आर्यन पक्राउ परेको समयमा त्यस पार्टीमा अनन्या पनि रहेको र उनलाई त्यस समयमा जान दिएको भारतीय सञ्चार मध्येले जनाएका छन् ।

प्रकाशित : बिहिबार, कार्तिक ०४, २०७८१४:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिपाशाले सबैलाई भुतुक्कै बनाउने ह-ट फोटो शेयर गरिन् , श्रीमानसँग गर्दै मस्ती !