अभिनेत्री करिश्मा: उहाँको नजिक बसेर विविध विषयमा उहाँको विचारहरु सुन्दा आनन्द आयो !

केही दिन पहिले अभिनेत्री करिश्मा मानन्धरले आफूलाई एमालेका अध्यक्ष तथा पुर्वप्रधान्पन्त्रीले फोन गरेको भन्दै एक स्टाटस लेखी एक तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेकी थिइन् । उनको पोस्ट निकै भाइरल भएको थियो तर उनले पछि उक्त स्टाटस हटाएकी थिइन् ।

पुन: अभिनेत्री करिश्मा मानन्धरले हिजो साझा एमालेका अध्यक्ष ओलीसँग भेटको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी छिन् । यति बेला उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।


ओली सँगको भेटमा करिश्माको साथमा चर्चित हास्य कलाकार जितु नेपाल र कोमल ओली रहेका छन् । अभिनेत्री करिश्माले तस्बिर सार्वजनिक गर्दै क्याप्सनमा लेखिएकी छिन् । ‘उहाँको नजिक बसेर विविध विषयमा उहाँको विचारहरु सुन्दा आनन्द आयो, सबै क्षेत्रका मानिसहरूलाई उत्तिकै महत्त्वका साथ लिनु भएकोमा र चासो मानेर कुरा सुनिदिनु भएकोमा आदरणीय के .पी ओली ज्यु लाई धेरै धन्यवाद ।’

प्रकाशित : बिहिबार, कार्तिक ०४, २०७८१३:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ड्रग्स केस: आर्यन पछि बलिउड अभिनेत्री अनन्या पाण्डेको घरमा एनसीबीले मार्यो छापा !