फलोअर्सले उक्साएर पिईन् विष , भयो ठाउँको ठाउँ मृत्यु

आजकल चर्चित हुनको लागि मान्छेहरु कुनै पनि हदसम्म जानको लागि तयार हुन्छन् । विशेषगरी सामाजिक संजालमा चर्चित भईरहेका व्यक्तिहरु  फलोअर्सको संख्या बढाउनको लागि जे गर्न पनि तयार हुन्छन् । यस्तै चीनको सोशल मीडिया इंफ्लूएंसर लुओ शाओ माओले  लाइव स्ट्रीमिंगको क्रममा  लुओ शाओले  पेस्टिसाइड वा कीरा मार्ने औषधि पिएकी थिइन् । त्यो खाएपछि उनको मृत्यु भएको छ । यस्तो उनले आफ्नो फलोअर्सको भनेको कारण गरेकी थिइन् ।

पेस्टिसाइड पिएपछि केहि मिनेटमा नै उनको स्वास्थ्य खराब भएको थियो । त्यसपछि उनी आफैले नै एम्बुलेन्स बोलाएकी थिइन् । एम्बुलेन्सले उनलाई तुरुन्तै अस्पताल लगेको थियो । तर त्यति बेलासम्म  धेरै ढिलो भईसकेको थियो । डाक्टरको लाखौँ प्रयासमा पनि माओलाई बचाउन सकिएको थिएन । उनले आफ्वनो अन्तिम भिडियोमा भनेकी थिइन् कि सायद यो नै मेरो अन्तिम भिडियो हुनेछ किनकी म लामो  समयदेखि डिप्रेसनको पीडित थिए ।

‘डेली स्टार’ अनुसार माओको  Douyin नामको सोशल मीडिया प्लेटफर्ममा ६७०००० भन्दा धेरै  फलोअर्स छ। यो घटना १४ अक्टुबर मा भएको थियो । माओको एक साथीले उनी आफ्नो ब्वायफ्रेन्डको कारण समस्यामा रहेको कुरा बताएकी थिइन् । उनको इरादा पेस्टिसाइड पिएर मर्ने थिएन । उनी मात्र आफ्नो ब्वायफ्रेन्डको अटेंशन चाहन्थिन् । साथै चीनी मीडिया अनुसार, लाइवको क्रममा थुप्रै फलोअर्सले माओलाई पेस्टिसाइड  छिटै पिउन उक्साएका थिए ।

प्रकाशित : बिहिबार, कार्तिक ०४, २०७८१२:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फेसबुकले अर्को साता नाम परिवर्तन गर्दै, के नाम राख्छ ?