फेसबुकले अर्को साता नाम परिवर्तन गर्दै, के नाम राख्छ ?

लामो समय देखी सबैको रोजाई बन्न सफल सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गर्ने भएको छ । सामाजिक सञ्जाल फेसबुकले विगत लामो समय देखी चली आएको कम्पनीलाई रि–ब्रान्ड गरि अर्को गप्तासम्ममा नयाँ नाम राख्ने तयारी भइरहेको बताएको छ ।

आगामी अक्टोबर २८ मा कम्पनीको नयाँ नाम र रिब्रान्डबारे उद्घोष गर्ने फेसबुकका सीईओ मार्क जुकरबर्गको योजना रहेको अमेरिकी टेक्नोलोजी वेबसाइट दी-भर्जले जनाएको छ। तर नाम परिवर्तन भएर  के हुन्छ भन्ने अहिले सम्म खुलासा भएको छैन ।


केही दिन पहिले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब ६ घण्टा बन्द भएको थियो जसको कारण फेसबुकका सीईओ मार्क जुकरबर्ग धरै घाटा भएको थियो । साथै केही दिन पहिले अब फेसबुकले १० हजार जनाको लागी जागिर दिने घोषणा गरेको थियो।

प्रकाशित : बिहिबार, कार्तिक ०४, २०७८१५:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपालमा राजनीतिक स्थायित्व र विकासको लागी भारत सँगको सम्बन्ध सुदृढ भए मात्र सम्भव छ: प्रचण्ड