सकारले बाढी तथा पहिरोमा परेका परिवारलाई घर बनाउनको लागी ५ लाख सम्म दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले अहिलेको समयमा बाढी पहिरोमा परेका परिवारलाई ५ लाख सम्म आर्थिक असहयोग गर्ने निर्णय गरेको छ । साथै बाढी पहिरोको कारण परिवारमा एक जनाको मृत्यु भएको परिवारलाई २ लाख र थप सदस्यको निधन भएको छ भने प्रतिव्यक्ति १-१ लाख दिने निर्णय गरेको छ ।
बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने निर्णय भएको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । साथै घर बनाउनको लागी जग्गाको अभाव हुनेलाई थप ३ लाख पनि उपलब्ध गराइने खाँणले बताए । उनका अनुसार तत्कालको लागी घरबारविहीन भएकाहरुलाई ५० लाख पनि उपलब्ध गराउने निर्णय भएको बताए ।
आज सिंहदरबारमा बसेको बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि भएको साथै राहत र उद्धार कार्यमा प्रभावकारी ढङ्गले अघि बढाउने निर्णय भएको छ । साथै राज्यका सबै संयन्त्र परिचालन हुने बताएको छ ।