राजेश हमाल महानायक हुन् भन्दै उनको निवासमा टिका थाप्नेको भिड, विदेशी समेत आइपुगे !

नेपाली चलचित्र क्षेत्रको महानायक राजेश हमाल हुन् भन्दै विदेशी उनको हातको टिका थापेका छन् ।

पछिल्लो समय महानायकको हो भन्ने विषयमा निकै चर्चा बढेको छ । यस क्रममा विभिन्न अभिनेता तथा अभिनेत्रीले आ-आफ्नो धारणा राखेका छन् । केही समय पहिले यस विषयमा कलाकार तथा फिल्म निर्माता शोभित बस्नेत दिएको अभिव्यक्ति निकै भाइरल भएको थियो ।


त्यसतै कलाकार सलोन बस्नेतले एक अन्तर्वार्तामा महानायकको अर्थ नै बुझ्न नसकेको भन्दा उनी सामाजिक सञ्जालमा निकै ट्रोल बनेका थिए । यति बेला नेपालीले मात्र नभई विदेशीले पनि अभिनेता राजेश हमाललाई महानायक मान्न थालेका छन् । यसतै टिकाको तेस्रो दिनमा समेत महानायक राजेश हमालको हातबाट  टिका थाप्नेको भिड देखिन्थ्यो ।

केही घण्टा महानायक राजेश हमालले विभिन्न मानिसहरुलाई टिका लगाइदिएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् । अहिले तस्बिर पोस्ट गरेको केही समयमा नै ३ हजार भन्दा बढीले तस्बिरमा लाइक गरिसकेका छन् भने यति बेला महानायक राजेश हमालले पोस्ट गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रकाशित : मङ्गलबार, कार्तिक ०२, २०७८१०:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गलामा जमरा र सिरमा रातो टिका लगाएर दशैँमा यस्तो रुपमा देखीइन् अभिनेत्री ऋचा शर्मा!