अभिनेता भुवन र शिव अभिनीत गीतको भिडियोले लाइक भन्दा डीसलाइकले नयाँ इतिहास बनाउँदै!

पछिल्लो समयमा महानायकको विषयमा निकै चर्चा हुने गरेको छ । यति बेला सामाजिक सञ्जालमा महानायकको विषयमा विभिन्न किसिमको प्रतिक्रिया आएको छ । यस विषयमा केही समय पहिले एक अन्तर्वार्ताको क्रम अभिनेता भुवन केसी र शिव श्रेष्ठले दिएको एक अन्तर्वार्ताले सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । उनीहरुले महानायकको विषयमा दिएको अन्तर्वातामा उनीहरुको विचारको समर्थन गर्ने भन्दा आलोचना गर्नेको सङ्ख्या धरै थियो ।

केही समय पहिले अभिनेता भुवन र शिव अभिनित एक भिडियो सार्वजनिक भएको थियो उक्त भिडियोमा अहिले लाइक भन्दा पनि डीसलाइक बढी आएको छ । भिडियो र गीत राम्रो हुँदा-हुँदै पनि यति बेला भिडियोमा लाइक भन्दा डीसलाइ धरै मात्रामा बढी आएको छ ।


अहिले अभिनेता शिव र भुवन केसी अभिनित भिडियोमा आएको डीसलाई हेर्दा यो भन्न सकिन्छ । यस भन्दा पहिले सायदै यस्तो भएको थिएन होला । जहाँ चर्चित अभिनेता र कलाकारको सुन्दर अभिनय हुँदा-हुँदै पनि भिडियो यति धेरै डीसलाइक आएको छ । अहिलेको समयमा फिल्म ‘डाँडाको बर पीपल’ को गीतको भिडियो जम्मा ६ लाख ५५ हजारले हेरेका छन् भने, हिलेसम्म भिडियोमा १६ हजारको लाइक आउँदा ९१ हजारको डीस लाइक आएको छ । यो भन्न सकिन्छ सायदै पहिलो पटक होला कुनै नेपाली गीतको भिडियोमा यति धरै डीस लाइक आएको ।

प्रकाशित : सोमबार, कार्तिक ०१, २०७८१७:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री आचल शर्मा श्रीमानको साथमा देखिइन् यस्तो अवतारमा, तस्बिर सहित!