अनुष्का शर्माले सबै मानिसको अगाडी रणबिरलाई हानिन् ३ थप्पड, रणबिरको रहेन रिसको सीमा फेरी….

बलिउड अभिनेता रणबिर कपूर र अभिनेत्री अनुष्का शर्मामा एक राम्रो मित्रता रहेको छ । दुबै फिल्म ‘ऐ दिल है मुश्किल’ मा सँगै देखिएका थिए। यस फिल्ममा यिनीहरुको जोडीलाई मानिसहरुले निकै रुचाएका थिए । तर तपाईहरु सबैलाई थाहाँ नहुन पनि सक्छ यस फिल्मको सुटिंगको क्रममा अभिनेत्री अनिष्का शर्माले अभिनेता रणबिरलाई एक थप्पड हानेकी थिइन् ।


जब अनुष्का शर्माले र रणबिरलाई एक थप्पड हानेकी थिइन् तब रणबिर निकै रिसाएका थिए । त्यसपछि अनुष्का शर्माले माफी मागेकी थिइन्। यसको खुलासा रणवीर र अनुष्का आफैँले एक अन्तर्वार्तामा गरेका थिए। वास्तवमा फिल्म ‘ए दिल है मुश्किल’ को शूटिंगसँग सम्बन्धि एक अन्तर्वार्ता सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो उक्त भिडियो निकै भाइरल भएको थियो । भिडियोमा अभिनेत्री अनुष्का शर्मा रणबिरलाई थप्पड हान्दै गरेको देखिएकी थिइन् ।

यस विषयमा रणबिरले एक अन्तर्वार्ताको क्रममा भनेका थिए । ‘हरेक कुराको सिमा हुन्छ । म भन्दै छु यस्तो नगर यो कुनै मजाक हैन ।’ अनुष्काले रणबिरको यस्तो प्रश्नमा भनेकी थिइन् ‘मैले केही जानेर बुझेर गरेकी छैन ।’


वास्तवमा यो फिल्मको सुटिङ्गको क्रमको एक दृश्य थियो । यस पछि रणबिर भन्छन ‘ अनुष्का यस्तो अभिनेत्री हुन् जसले अभिनयलाई वास्तविक जस्तै गर्ने कोशिश गर्छिन् । यसको कारण उनले मलाई तिन थप्पड हानेकी थिइन् ।’ त्यसै क्रममा अनुष्काले भनिन् ‘मलाई शुटिंगको क्रममा मलाई रणबिरलाई थप्पड हान्न भनिएको थियो त्यसैले मैले रणबिरलाई थप्पड हानेकी थिए।’

 

प्रकाशित : सोमबार, कार्तिक ०१, २०७८१६:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेता भुवन र शिव अभिनीत गीतको भिडियोले लाइक भन्दा डीसलाइकले नयाँ इतिहास बनाउँदै!