यस कार्तिक महिना यी ३ राशिलाई रहेको छ अशुभ, रहनुहोस् सावधान !

कर्कट (ही हु हे हो डा डि डु डे डो)

महिनाको सुरुमा नै स्वास्थ्य समस्याले सताउने छ । काममा ठोस निर्णय लिन सकिने छैन । सामाजिक मान प्रतिष्ठामा आचा आउँन सक्छ । नगरेको कामको आरोप लाग्न सक्छ सचेत रहनु होला । क्रोधको मात्र बढी हुनाले विवादमा फस्न सकिने हुँदा सचेत रहनुहोला ।

कन्या (टो पा पी पू ष ण ठ पे पो)

पेट सम्बन्धि समस्याले सताउन सक्छ । परिवारमा कलह बढ्नेछ । महिनाको अन्त्य तिर स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै जानेछ । आम तथा दाजु भाइबाट साथ असहयोग मिल्ने छ । श्रीमान सँग विवाद बढ्न सक्छ । सरकारी तर्फबाट लाभ हुनेछ । लेखन, संगीत र कलामा रुचि बढ्ने छ ।

कुम्भ (गू गे गो सा सी सु से सो दा)

सन्तानको स्वास्थ्य समस्याले चिन्ता बढ्नेछ । व्यापार सम्बन्धी काममा आएको बाधा क्रमशः हटेर जानेछ । पशु चौपायबाट लाभ हुनेछ । लामो समय देखी टाढा रहेका आफन्तबाट शुभ समाचार मिल्नेछ । परिवारमा भने तनावको स्थिति सिर्जना हुनेछ ।

प्रकाशित : सोमबार, कार्तिक ०१, २०७८१३:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

देवी माताको कृपाले कस्तो रहला तपाईको कार्तिक महिना, हेर्नुहोस् मासिक राशिफल!