देवी माताको कृपाले कस्तो रहला तपाईको कार्तिक महिना, हेर्नुहोस् मासिक राशिफल!

मेष राशि (चु चे चो ला लि लु ले लो अ)

स्वास्थ्य अवस्थामा सुधार आउने छ । सामाजिक मान सम्मान मिल्नेछ । स्वास्थ्यको स्थिति राम्रो हुँदै जाला । विशेष गरी घुम फिरतिर रुचि बढ्ने छ । परिवारमा सुख शान्तिको वातावरण हुनेछ । सानातिना स्वास्थ्यका समस्या भने बाँकी नै रहनेछन् । लामो तथा रमाइलो यात्रा हुनेछ । टाढीएका आफन्त तथा साथी भाइ सँग भेट हुनेछ ।

वृष राशि (इ उ ए ओ वा वी वु वे वो)


मध्यम खालको महिना रहेको छ । आफन्त तथा साथी भाइ सँग विवाद हुन् सक्छ । सानातिना वादविवाद परी नै रहनेछन् । स्वास्थ्यको स्थिती सुधार हुनेछ । स्त्री मित्रबाट काममा सहयोग प्राप्त हुनेछ । काममा आफन्त तथा मित्रहरूबाट भने राम्रो सहयोग पाउनुहुनेछ ।

मिथुन  राशि   (का कि कु घ ङ छ के को हा)

गरेको काम सहजै सम्पन्न हुनेछ । व्यापार र व्यवसायमा समस्या कम भएर आय बढ्ने छ । पढाइ तथा लेखन कार्यमा मन जानेछ । रोकिएका अधुरा काम सहजै सम्पन्न हुनेछ । जागिरतिर पनि निराशा नै देखिन्छ । साताका पछिल्ला दिन भने उत्साहजनक छन् ।

कर्कट राशि (ही हु हे हो डा डि डु डे डो)

महिनाको सुरुमा नै स्वास्थ्य समस्याले सताउने छ । काममा ठोस निर्णय लिन सकिने छैन । सामाजिक मान प्रतिष्ठामा आचा आउँन् सक्छ । नगरेको कामको आरोप लग्न सक्छ सचेत रहनु होला । क्रोधको मात्र बढी हुनाले विवादमा फस्न सकिने हुँदा सचेत रहनुहोला ।

सिंह राशि (मा मि मु मे मो टा टी टू टे)


कामले पनि उत्साह बढ्ने छ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। प्रतिष्ठित व्यक्तिहरुबाट सहयोग प्राप्त हुनेछ ।कामबाट मान सम्मान बढ्ने छ । व्यवसाय र व्यापारमा मनग्गे फाइदा हुनेछ। रोकिएका काम पनि सम्पन्न हुनेछन्। राजनीतिमा मन  जानेछ । परिवारमा समय दिन सक्नु हुने छैन।

कन्या राशि (टो पा पी पू ष ण ठ पे पो)

पेट सम्बन्धी समस्याले सताउन सक्छ । परिवारमा कलह बढ्नेछ । महिनाको अन्त्य तिर स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै जानेछ । आम तथा दाजु भाइबाट साथ असहयोग मिल्ने छ । श्रिमान सँग विवाद बढ्न सक्छ । सरकारी तर्फबाट लाभ हुनेछ । लेखन, संगीत र कलामा रुचि बढ्ने छ ।

तुला राशि (रा रि रु रे रो ता ती तू)

आत्मबल बढ्ने छ । सोचे अनुसारको काम सहजै सम्पन्न हुनेछ । तर काममा केही नसोचेका समस्या आउन सक्छ त्यसैले सचेत रहनुहोला । अप्ठ्यारो स्थितिमा आफन्त तथा साथि भाइको साथ सहयोग प्राप्त हुनेछ । काममा आलोचना गर्नेको पनि कमि हुने छैन । विचार नगरी बोल्दा समस्यामा पर्न सकिन्छ ।

वृश्चिक राशि (तो ना नि नू ने नो या यि यू)

परिश्रम बढी गर्न परे पनि सफलता हात पर्नेछ । सन्तानको स्वास्थ्य समस्याको कारण खर्च बढ्ने छ । व्यापार र व्यवसायमा समस्या कम भएर आय बढ्ने छ । पढाइ तथा लेखन कार्यमा मन जानेछ । काममा जोस जागरमा वृद्धि हुनेछ । महिनाको अन्त्य तिर तपाईको कामबाट उच्चा अधिकारि प्रसन्न हुनेछन् । साथै पदोन्नती सम्भावना रहेको छ ।

धनु राशि (ये यो भा भी भू ध फा ढा भे)

लगानी गरेको स्थानबाट सोचे अनुरुपको सफलता मिल्नेछ । देवी लक्ष्मीको विशेष कृपा रहने छ। सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ महिनाको अन्त्य तिर अचनाक धन लाभ हुनेछ । दाम्पत्य जीवनमा आएका समस्य कम हुनेछ र सम्बन्ध सुमधुर हुनेछ ।

मकर राशि (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)

दिनहरु सप्रिएर जानेछ । धार्मिक स्थलको भरमा हुनेछ । भोग्दै आएका कठिनाईहरु कम भएर जानेछ । लक्ष्य अनुसारको काम सम्पन्न गर्न सफल भइने छ । सामाजिक कामबाट मान सम्मान मिल्नेछ । स्वास्थ्यको स्थिति सुधार हुनेछ । हरेक दिन बिहान सुर्यलाई जल चढाई दर्शन गर्नाले दिन अझै राम्रो हुनेछ ।

कुम्भ राशि (गू गे गो सा सी सु से सो दा)

सन्तानको स्वास्थ्य समस्याले चिन्ता बढ्नेछ । व्यापारसम्बन्धी काममा आएको बाधा क्रमशः हटेर जानेछ । पशु चौपायबाट लाभ हुनेछ । लामो समय देखी टाढा रहेका आफन्तबाट शुभ समाचार मिल्नेछ । परिवारमा भने तनावको स्थिति सिर्जना हुनेछ ।

मीन राशि (दी दू थ झ ञ दे दो चा ची)

खर्च कम हुनुको साथै आयमा वृद्धि हुनेछ । सन्तानको शुभ समाचार मिल्नेछ । व्यवसायबाट सोचे भन्दा अधिक लाभ हुनेछ । स्वास्थ्यको स्थिति सुधार हुनेछ । दिदी बहिनीको तर्फबाट लाभ हुनेछ । भगवान गणेशको पूजा आराधना गर्नाले शुभ हुनेछ ।

प्रकाशित : सोमबार, कार्तिक ०१, २०७८१४:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कार्तिक महिनाको यो पहिलो साता शुभ-अशुभ कस्तो रहला, हेर्नुहोस् सप्ताहिक राशिफल !